logo
  • मंगलबार, असोज १३ २०८३

राहत लिएर मन्त्री ज्ञवाली र बराल पहिरो प्रभावित क्षेत्रमा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी साउन ७।
गुल्मीको सत्यवति गाउँपालिकाको बिभिन्न स्थानमा पहिरो प्रभावित क्षेत्रमा काठमाडौंबाट परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली हेलिकप्टर मार्फत रातह सहित प्रभावित क्षेत्रमा पुगेका छन् । मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरे, डक्टर रेशम ज्ञवाली, मन्त्रीका प्रेस सल्लाहाकार सुदन ज्ञवाली सहितको टोलि लिएर प्रभावित क्षेत्रमा पुगेका हुन् ।

त्यस्तै प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बराल औषधी, टेन्ट र रभाडाकुडा सहितको लिएर प्रभावित क्षेत्र तर्फ लागेका छन् । मन्त्रीहरुले प्रभावित क्षेत्रमा पुगेर उनले स्थलगत अबलोकन गर्नुका साथै प्रभावित परिवारलाई राहत सामाग्री बितरण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रीका प्रेससल्लाहकार सुदन ज्ञवालीले बताए ।

मन्त्रीहरु ज्ञवाली र बरालले जिल्लाको सत्यवति गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुख व्यक्त गर्दै राहत र उद्धारमा जुटन आग्रह गरे । गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवाली र बरालको निर्वाचन क्षेत्र हो । पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाको ३ घरमा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको छ । पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका अरु राजनितिक पार्टीका नेता तथा कार्यकर्ता र स्थानियहरु प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend