logo
  • मंगलबार, असोज १३ २०८३

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुद्धका पाँच मूर्तिहरु तोडफोड


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

प्रभा श्रेष्ठ,रुपन्देही साउन ३ ।
बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीको झल्को दिनका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुऱ्याउने उद्धेस्यका साथ लुम्बिनी भ्रमण वर्षको अवसरमा वुद्धको जन्मस्थल लुम्बिनी नजिकै गत आर्थिक वर्षमा सुनौला रंगका २२ वटा मूर्ति राखेकोमा बुधबार राति पाँचवटा मूर्ति तोडफोड गरिएका छन् ।

तोडफोड गरिएकामध्ये एउटै मूर्तिको तौल १ सय १० किलो भएकोले सजिलै तोडफोड गर्न सक्ने अवस्थाका थिएनन र तोडफोडको प्रकृति हेर्दा घनले हानेर मूर्ति फोरे जस्तो देखिन्छ । फोडिएका केही मूर्ति सडकमा फालिएका छन ।विस्व शान्तिका प्रतिक वुद्धका मूर्तिहरु राष्ट्र संघका प्रमुख दुई निकायहरु आइसिजी हेग र युनेस्को मुख्यालय पेरिसमा प्रतिस्ठापन गरिएका छन भने युनेस्कोले वुद्ध जन्मस्थल भएकै कारण लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेको छ । वुद्ध जन्मस्थल लुम्बिनीको बिकासको लागि राष्ट्र संघ मार्फत नै दुई गुरु योजना बनिसकेका छन र लुम्बिनीको विकास र प्रबर्द्धनमा सहभागी हुने अबसर पाउनुलाई सौभाग्य ठान्नेहरु धेरै छन । उही विस्व शान्तिका प्रतिक वुद्धको जन्मभूमिमा वुद्धका मूर्तिहरु यसरी तोडफोड गरिनु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो र यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्यले विस्वमा नै नराम्रो सन्देश प्रबाह गर्ने भएकोले यो अत्यन्तै निन्दनीय एवं आपत्तिजनक छ ।

बुद्ध मूर्ति तोडफोड गर्ने जो सुकै भए पनि तत्काल पत्ता लगाइ कडा कारबाही गरिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend