logo
  • मंगलबार, असोज १३ २०८३

परराष्ट्रमन्त्री दम्पतीद्वारा मरणोपरान्त अंगदान गर्ने


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौं, साउन ३ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनकी पत्नी सरस्वती ज्ञवालीले मृत्यु पश्चात अंगदान गर्ने मन्जुरीनामामा हस्ताक्षर गरेका छन् ।

मन्जुरीनामामा भनिएको छ, मेरो मृत्यु पश्चात मेरो शरीरबाट मृगौला–मुटु–फोक्सो–कलेजो–प्याँक्रियाज–सानो आन्द्रा झिकी मृगौला–मुटु–फोक्सो–कलेजो–प्याक्रियाज–सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकोले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५को दफा १६को उपदफा(१)को खण्ड (ख) बमोजिम् जानी बुझी स्वेच्छाले यो मञ्जुरीनामा लेखि दिएको छु ।

उनीहरुले सो मञ्जुरीनामा शुक्रबार हस्ताक्षर गरेको उनको सचिवालयले जनाएको छ । दुबै बुढाबुढीले आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुरमा (मरणोपान्त) अंगदान गरेर आयौं ।

जिन्दगीको त के भरोसा छ र ! जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भएपनि काम लाग्न सकियोस्-बस् यत्ति कामना छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend