साझा नेटवर्क
कुमार अविरल पन्थी , दोहा ।
गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको आठौं अधिवेशन (२०१९-२०२१) कार्यकालका लागी विभिन्न पदहरुमा उम्मेदवारी दर्ता भइरेहका छन् । कतारमा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका सामाजिक अभियान्ता शिव खड्काले द्वितिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

गुल्मी जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नं ६ चारपाला घर भइ हाल कतारमा कार्यरत खड्काले मध्यपूर्वमा सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नुपर्छ भन्ने महसुस गरेर आफूले उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।
लामो समयदेखि समाज सेवामा लागेका खड्का गुल्मी सेवा समाज कतारका वर्तमान कार्यसमितिको संरक्षक हुन । पछिल्लो समय सामाजिक क्षेत्रमा निकै नै सकृय रहेर काम गर्दै आएका खड्का थप जिम्मेवारी सहित अगाडी बढ्न चाहेको बताएका छन् ।
खड्काले एनआरएनएमा आफ्नो उम्मेदवारीलाई स्पष्ट पार्दै कतारमा रहेका नेपाली समुदायमा एनआरएनलाई साझा र भातृसस्थाको रुपमा विकाश गर्दै कतारमा स्थापित सामाजिक संघ सस्थाहरुलाई ऐकबद्ध गदै अगाडि बढ्ने सोचका साथ उम्मेद्वारी दिएको बताउदै आफ्नो घोषणा पत्रमा उल्लेख गरिएको विवरण यस प्रकार छन् ।
गैर आवासिय नेपाली संघ कतार च्याप्टरको द्वितिय उपाध्यक्ष पदमा मेरो उम्मेद्धवारी ।
आदरणिय गैरआवसीय नेपाली सघंका अग्रज अभियान्ता, पञ्जिकृत सदस्य एवम् सामाजिक अभियान्ता साथै कतार बासी नेपाली दाजुभाई तथा दिदी-बहिनीहरुमा नमस्कार ।
गैर आवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको आठौं अधिवेशन (२०१९-२०२१) कार्यकालको नयाँ नेत्तृत्व चयन प्रक्रिया अगाडि बढी रहेको छ । यसै क्रममा सामाजिक सस्थाको अनुभबहरुलाई संगाल्दै मैले पनि एनआरएनए एनसीको द्वितिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।
कतारमा रहेका नेपाली समुदायमा एनआरएनलाई साझा र भातृसस्थाको रुपमा विकाश गर्दै कतारमा स्थापित सामाजिक संघ सस्थाहरुलाई एकता गदै अगाडि बढ्ने सोचका साथ उम्मेद्वारी दिएको छु ।
आदरणिय पञ्जिकृत सदस्य महानुभावहरु, हामी रोजगारीको शिलसिलामा प्रदेशिएका लाखौ नेपालीहरुको दु:ख सुखमा हातेमालो गर्दै एकताबद्ध हुदै प्रवासको ठाउमा मातृत्व प्रेमलाई सधै शिरोधार्य गर्दै आइरहेका छौ ।
अगामी दिनमा पनि नेपाली समुदायलाई यस एनआरएन जस्तो गरिमामय साझा सस्थामा बृहत रुपमा सम्पुर्ण नेपालीलाई समेट्दै थप उचाईमा पुराउन कुशल र क्षमतावान नेत्तृत्वको आवश्यक रहेको मेरो ठम्याई रहेको छ ।
हामी नेपाली हुनुमा गर्व छ । चाहे मधेश होस वा पहाड या हिमाल नै किन नहोस् । भुगोलले हामी विविध सम्प्रदायिक रहेको साझा फुलबारी हो । हामी एनआरएनको अभियानमा प्रवासका रहेका समस्यालाई चुस्त र दुरुस्त गतिमा समाधान गर्दै राष्ट्रिय हितमा हाम्रो ज्ञान सिपलाई प्रयोग गर्न तत्पर हुन आजको आवश्यकता रहेको छ ।
अगामी दिनमा एनआरएनको गरिमा र प्रतिष्ठालाई विश्व सञ्जालमा फैलाउन अत्यन्तै आवश्यक रहेको छ । यहाँहरुको साथ, सहयोगको अपेक्षा सहित आफ्नो अमुल्य मत दिएर विजयी बनाउनु हुनेछ भन्नेमा पुर्ण विश्वास लिएको छु ।
विशेष आभार सहित
शिव खड्का
एनआरएनए एनसीसी कतारका द्वितिय उपाध्यक्ष पदका उम्मेदवार ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend