logo
  • मंगलबार, असोज १३ २०८३

त्रिभुवन नमुना माविमा प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ साउन १ ।
त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. २, खर्वाङ, बागलुङमा अंग्रेजी माध्ययमतर्फको प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । सो कार्यक्रममा सम्बोधन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले विद्यालयले शैक्षिक गुणस्तर वृद्धिको लागी कुनै कसर वाँकी नराख्ने वताउनुभएको छ।

शिक्षकहरुको मिहनेतले गुणस्तर वढ्ने भन्दै उपप्रमुख भुसालले अभिभावक, विद्यार्थी र विद्यालयका संवद्ध पक्ष एकजुट हुनुपर्ने वताउनु भएको छ । कार्यक्रममा प्रधानाध्यापक ढालमणि भण्डारीले विद्यालयको भावि कार्यक्रमको विषयमा जानकारी दिनुभएको थियो।

सो कार्यक्रममा प्रत्येक कक्षामा प्रथम, द्धितिय तथा तृतिय हुने विद्यार्थीहरुलाई मेडल सहित पुरस्कृत गरिएको थियो । कार्यक्रम सहायक प्रधानाध्यापक शिव पोखरेलको स्वागत मन्तव्य, शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।

नमुना विद्यालयको कार्यक्रम संचालन भैरहेको विद्यालयमा यस वर्ष देखि कक्षा ११, १२ तर्फ विज्ञान, वालि विज्ञान, मानविकि, वाणिज्य र शिक्षा शास्त्र संकायमा भर्ना खुलेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend