साझा नेटवर्क
कमल पौडेल,बाग्लूंग साउन १ ।
बडिगाड महिला तथा वालवालिका शसक्तिकरण केन्द्रको आयोजना तथा बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित ३ महिने ढाका वुनाई तालिम खर्वाङमा सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै जिल्ला समवन्य समिति बागलुङका उपप्रमुख विष्णु भुसालले ढाका वुनाइलाई व्यवस्थीत गर्दै उद्योग स्थापना गर्नुपर्ने बताउनु भएको छ । मुलुकको एजेन्डा उत्पादन भएको तर समृद्धि आधारभुत वर्गमा पुग्न नसकेको भन्दै सबैलाई मुलधारमा ल्याउन लक्षित वर्ग कार्यक्रम संचालन भएको बताउनुभयो ।
पर्यटन वर्ष २०१९ लाई सफल बनाउनपनि ढाका उत्पादनले सहयोग पुग्ने उपप्रमुख भुसालले बताउनु भएको छ । कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा, वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, कार्यपालिका सदस्य केशमाया छन्त्याल, सोमन्ता सलामी, मिना रायमाझि प्रशिक्षक गौमाया रोका, रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल, बडिगाड युवा मञ्चका अध्यक्ष ढालेन्द्र शेरचन, सहभागि सुमित्रा भुजेल, सुनिता परियार लगाएतले वोल्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष विना थापाको अध्यक्षता, सदस्य विष्णुमाया अर्यालको स्वागत मन्तव्य तथा सचिव माया केसिको सञ्चालनमा सम्पन्न भएको थियो। बडिगाड गाउँपालिकाको ६ लाख ३६ हजार ८ सय २२ र संस्थाको १ लाख ८१ हजार गरि ८ लाख १० खर्चमा सो कार्यक्रम सम्पन्न भएको हो । तालिमबाट गाउँपालिका भित्रका प्रत्येक वडा वाट एक एक जना गरि ९ जना उद्यमी वन्ने अवस्थामा पुगेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend