साझा नेटवर्क
अर्जुन पौडेल, दोहा ।
गोरखा सेवा समाज कतारले मानव सेवा आश्रम केन्द्रिय कोषको सहयोगार्थ आयोजना गरेको “सकारात्मक सोच, रचनात्मक जीवन” कार्यक्रमको तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् । जुलाई १९ तारिखमा हुने कार्यक्रममा उत्साहका साथ करिब ९० प्रतिशत सहभागिहरुको नाम दर्ता भएसँगै तयारी अन्तिम चरणमा पुगेको हो ।

कार्यक्रममा सहभागीहरूलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिने भएको कारण प्रमाण-पत्र छपाई लगायतका काममा सहजताका लागि आन्तिम नामवली दिन समेत सस्थाले सबैमा अनुरोध गरेको छ । कार्यक्रममा मानब सेवा आश्रम नेपालका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक रामजी अधिकारीको प्रशिक्षण तथा डा. राजु अधिकारीले योग विज्ञान तथा मानव चेतनाको योग प्रशिक्षण दिने कार्यक्रम रहको छ ।
देशका बिभिन्न ठाउँ टोल, स्कुल, कलेज, सरकारी आफिस, आर्मी क्याम्प साथै विभिन्न सार्वजनिक ठाउँहरुमा प्रशिक्षण कार्यक्रम गर्दै समाजमा मानवता प्रवर्द्धनमा टेवा पुर्याउदै हालको यो स्वार्थी समाजलाइ मार्गदर्शन दिदै हिड्नु भएका असहाय र दीन दुखीहरूका सेवक तथा उत्प्रेरक मानवसेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीको कतारमा यो दोश्रो पटक हो ।
त्यस्तै एशिया महादेशकै उत्कृष्ट १० मा पर्नु हुने उत्प्रेरक, योग तथा मानव चेतनामा स्वर्ण पदक बिजेता, वागमती सफाइ महाअभियानका परिकल्पनाकार, राष्ट्रप्रेमि एवम बहुआयामिक ब्यक्ती डा. राजु अधिकारीको कतारमा पहिलो पटक हो । कार्यक्रम कतारमा बस्नेहरुका नेपालीहरुका लागि एउटा अवसरको रुपमा पनि रहेको छ ।
गोरखा सेवा समाज कतारले यो पटक भने थुप्रै संघ-संस्थाहरुको सहयोग पाएको छ । गण्डकी प्रदेश समन्वय परिषद कतार, स्याङ्गजा सहयोग समाज कतार, कास्की आदर्श समाज कतार, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार, बाग्लुंग सेवा समाज कतार, तनहु सेवा समाज कतार, लम्जुङ सेवा समाज कतार, विवेकशील नेपाली कतार, तमु प्यु ल्हु संघ कतार, नेपाल मगर संघ शाखा कतार र पर्वत सेवा समाज कतार गरि १२ संघ-संस्था रुको विशेष सहयोग रहेको छ ।
पत्रकारहरु सँगको कुराकानीमा कार्यक्रम संयोजक रामजी खत्रीले थुप्रै संस्थाहरुको सहयोग रहेकोमा खुशी ब्यक्त गर्दै कार्यक्रमको तयारी लगभग पूरा भएको बताए । खत्रीले कार्यक्रममा सहभागी हुन नाम दर्ता गराउनु भएका सम्पुर्णलाई समयमा उपस्थित हुन समेत आग्रह गरे ।
जुलाई १९ (शुक्रबार) तारिख बिहान ९ बजेबाट दोहाको नज्मा स्थित सालिमार रेस्टुरेन्टमा हुने कार्यक्रममा सहभागीलाई बिहानको खाना, कापी कलम, साथै सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिने खत्रीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend