साझा नेटवर्क
प्यार अलि खाँन, प्यूठान असार ३० ।
प्यूठानको दक्षिणी क्षेत्रमा अवस्थित स्थानीय सरकार सरुमारानी गाँउपालिकाले पालिकाका आन्तरीक सडक स्तरोन्नती गरि पिच गर्ने प्रक्रियाको सुरुवात गरेको छ । गाँउपालिकाले यसै आवमा दरभान हाईवे देखि खड्केश्वरी मा.वि–खेल मैदान हुँदै बर्नबिर सम्म जोड्ने मोटरबाटोमा कालोपत्रे (पिच) गर्दै छ ।
पालिकाले यसै आवमा २० लाख बजेटमा ३ सय ६० मिटर लम्वाई बाटोमा पिच गरेको गाँउपालिकाका प्रवक्ता बसन्त बहादुर जिसिले बताए । दरभान बर्नबर मोटरबाटोमा अगामी ०७६÷०७७ मा थप २५ लाख बजेट विनियोजन गरि बर्नबिर गाँउसम्म कालोपत्रे गरीने योजना रहेको गाँउसरकार प्रमुख झगबहादुर विश्वकर्माले बताए ।‘हामी सडक मात्रै खन्ने होइन, स्तरोन्नती र स्तरबृद्धिलाई पनि संगसंगै लैजान्छौ ।’ अध्यक्ष विश्वकर्माले भने, ‘कालोपत्रे गर्ने प्रक्रियालाई पनि प्राथमिकताका साथ अघि बढाउछौँ ।’

गाँउपालिकाले दरभान १४ नम्बर देखि आँटिटार बस्ती हुँदै वडा नंं १ को वडा कार्यालय सानाकिसान सम्मको मोटरबाटोमा कालोपत्रे गर्ने योजनालाई अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत अमरवहादुर वलीले बताए । कालोपत्रेका लागि आ.व ०७६÷०७७ मा २० लाख बजेट व्यवस्थापन गरिएको वलीको भनाई छ ।
विकासको मेरुदण्डका रुपमा रहेका स्थानीय सडकहरुमा कालोपत्रेको सुरुवात हुनु विकास तथा परिवर्तनको अध्याय सुरु भएको बांगेसालका स्थानीय गंगा बहादुर केसीले बताए । ‘जनताका अपेक्षाहरु धेरै छन् ।
केसीले भने, ‘प्राथमिकताका आधारमा पालिकाले सन्तुलित विकासको अवधारणा अघि सार्नुपर्दछ ।’ जनताले प्रत्यक्ष महसुुुस गर्ने गरि स्थानीय सरकार जनपक्षिय कार्यक्रमका साथ अघि बढ्नुपर्ने केसीको भनाई छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend