logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा २०५ औँ भानु जयन्ती समारोह सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा, दोहा ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, कतार साहित्य तथा प्रकाशन विभागले २०५ औँ भानु जयन्ती समारोह संघका अध्यक्ष नविन पोखरेलको सभापतित्व तथा परिषदका गल्फ उपसंयोजक प्रविण गुरुङको प्रमुख आतिथ्यतामा समपन्न गरेको छ ।

कार्यक्रममा एनआरएनका बिभिन्न बिशिष्ट ब्यक्तिहरु, कतारमा स्थापित साहित्य लगायत बिभिन्न बैचारीक तथा संघ संस्था प्रमुखहरुको आतिथ्यता रहेको थियो । राष्ट्रिय गान, स्वागत मन्तव्य, दिप प्रज्वलन र भानुभक्तको तस्विरमा माल्यार्पण गरी कार्यक्रमलाई अगाडी बढाईएको थियो । कार्यक्रममा प्रकासन बिभाग सदस्य मणि पौडेलले आचार्यको जिवनी पढेर सुनाएका थिए ।

कार्यक्रममा रेगिस्तानी कवि तिर्थ संगम राई, सिताराम थापा, सावित्री गिरी, गणेश क्षेत्री, राम आचार्य “शायर” खेमराज सुवेदी, दिप प्रदिप कुमार, मणि पौडेल, प्रेम प्रसाद भट्टराई, दिलिप पराजुलि लगायतले आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले भानुभक्तको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले एनआरएनले साहित्यको श्रिबृदिको लागी यसै गरी योगदान दिदै जावोस भन्ने शुभेच्छा सहित आदिकविले कलमको भरमा नेपालि साहित्यलाई दिएको उचाई र नेपाललाई विश्व सामु चिनाएको बताए ।

संघका सचिव रामजि खत्रीले सहजिकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति पोखरेलले छोटो समयमा तयारी गरीएको भएपनी कार्यक्रमलाई भव्य रुपमा समपन्न गर्ने सबै प्रति आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend