साझा नेटवर्क
साहित्य प्रेमी सुरज
रेसुङ्गा नगरपालिका-४,गुल्मी
दुःखले भरिएको कहानी बारे के लेख्नु
अभावमा बितेको जवानी बारे के लेख्नु !!
जब हरेक युवा खाडि पस्न बाध्य हुन्छन्
हातमा बोकेको राहदानी बारे के लेख्नु !!
सासको बदला लास आउँदा बाकसमा
नयनमा छचल्किने पानी बारे के लेख्नु !!
आफन्तले भन्दा पराईले सम्झिन्छ बरु
संजालको यो चिनाजानी बारे के लेख्नु !!
मिलन भन्दा बिछोड धेरै हुन्छ यहाँ हेर
यस्तो पिडित जिन्दगानी बारे के लेख्नु !!

✍️ साहित्य प्रेमी सुरज रेसुङ्गा नगरपालिका-४,गुल्मी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend