logo
  • मंगलबार, असोज १३ २०८३

प्रजिअको सकृयतामा आपतकालिन कार्य संचालन केन्द्रको स्थापना


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

प्यार अलि खाँन,प्यूठान असार २५ ।
विपद व्यवस्थापन कार्र्यलाई थप व्यवस्थित गर्न जिल्ला आपतकालिन कार्य संचालन केन्द्रको मंगलबार एक कार्यक्रमकाबिच उद्धघाटन गरिएको छ । प्यूठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको विशेष सकृयतामा केन्द्रको स्थापना भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले उक्त केन्द्रको उद्धघाटन गरेका हुन् । विपदलाई प्रभावकारी व्यवस्थापन गर्न ३० प्रकारका उद्धार सामाग्रीहरु राखिएकोे प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । ‘उपलब्ध स्रोत र साधनबाट पहिलो पटक केन्द्र संचालनमा ल्याईयो ।’ जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ गैह्रेले भने, ‘२४ सै घण्टा सेवाका लागि केन्द्र तयार हुनेछ ।’ ७७ जिल्ला मध्ये प्यूठानमा ५३ औँ जिल्लाका रुपमा केन्द्रको स्थापना गरिएको हो ।

प्रशासनको पहलकदमीमा विपद व्यवस्थापन सम्वन्धि केन्द्र संचालनमा आउनु सुखद एंव सराहनीय पक्ष भएको जिल्ला समन्वय समितिका प्रमुख आचार्यले बताए । केन्द्रलाई थप चुस्त बनाउन स्थानीय सरकारहरुको पनि दायित्व भएको प्रमुख आचार्यको भनाई छ । केन्द्र संचालनमा आएसंगै प्यूठान नगरप्रमुख अर्जुनकुमार कक्षपतिले दैविक प्रकोप उद्धार तथा तत्काल राहतका लागि केन्द्र मार्फत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।केन्द्र मार्फत पूर्व सुचना उपलब्ध गराउने, तत्काल उद्धारका लागि टोली परिचलनमा समन्वय गर्ने, रिपोर्टिङ्ग गर्ने, रेकर्ड राख्ने लगाएतका कार्यहरु संचालन हुने बताईएकोे छ । केन्द्र संचालनका लागि जनशक्तिको रुपमा प्रदेस सरकारबाट १ जना सुचना केन्द्रका लागि कर्मचारी, दुईजना नेपाल प्रहरी र दुई जना ससस्त्र प्रहरी परिचालित गरिएको छ । केन्द्रलाई साधनस्रोतले सम्पन्न पार्दै थप व्यवस्थित गर्न सबै सरोकारवाला पक्षले सहयोग गर्नुपर्ने आवस्यकता रहेको प्रजिअ गैह्रेले औँल्याए । प्यूठानमा चालु आ.व.मा वाढीपहिरो, आगलागी, चट्याङका घटनाहरुबाट ६ करोड भन्दा बढीको क्षति भएको छ भने चालु आर्थिक वर्षमै विपद्मा परि ९ जनाको ज्यान समेत गईसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend