साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार ।
कतारमा स्थापना कालदेखि नै सक्रिय रहेर विभिन्न समाजिक कार्यहरु गर्दै आइरहेको दाङ देउखुरी सेवा समाज दोहा कतारले महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर छात्रवृतिकोष सहयोगार्थ “तिज विशेष कार्यक्रम” आयोजना गर्ने भएको छ ।

जिल्लामा रहेका गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृतिकोष सहयोगार्थ “तिज विशेष कार्यक्रम” आयोजना गर्ने भएको हो । कार्यक्रम आगामी ३० अगष्त २०१९ शुक्रबारको दिन कतारको सनैया स्थित डल्ला ड्राभिङ्ग एकेडेमीको हलमा आयोजना हुने भएको छ ।
सोहि कार्यक्रमका लागि नेपालदेखी चर्चित लोक तथा दोहोरी गायिका भूमिका गिरी तथा गायिका टीका सानु कतार आउने भएका छन । साथै सोहि कार्यक्रममा समाजको साँस्कृतिक बिभागका कलाकार एवम् कतारमा रहेका दङ्गाली तथा गैर दङ्गाली कलाकारहरुको समेत प्रस्तुति रहने भएको छ ।
कार्यक्रममा महिलाहरुलाई प्रवेश नि:शुल्क रहेको छ भने पुरुषहरुलाई प्रवेशका लागि कतारी रीयाल ३५ को टिकट र भिआईपीका लागि करी १०० रहेको आयोजक संस्थाका अध्यक्ष हेमराज बस्नेतले साझा नेटवर्क सँगको कुराकानीका क्रममा जानकारी दिए ।
समाजले कतारमा स्थापित सम्पूर्ण संघ संस्थाहरुलाई सोहि कार्यक्रमका दिन कुनैपनि कार्यक्रम नजुधाइदिन आग्रह गर्दै बिगतका दिनहरुमा जस्तै सस्थाको सामाजिक अभियानमा साथ र सहयोगको अपेक्षा समेत गरेको छ ।
रोजगारीको सिलसिलामा कतारमा रहनुहुने दाङ जिल्ला बासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु तथा गैर दङ्गाली, समाजसेवी, बुद्धिजीवी, पत्रकार कलाप्रेमी साथै कतारमा स्थापित सम्पूर्ण संघ संस्थाहरुलाई कार्यक्रम सफल बनाउनका लागि सहयोग गरिदिन अनुरोध गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend