logo
  • शनिबार, भाद्र २० २०८३

छात्रा भलिबलमा पाञ्चायन माविको वर्चश्व कायमै, छात्रा खेलमा उत्कृष्ठ प्रर्दशन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

हुमाकान्त पोखरेल, गुल्मी असार २४ ।
धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालय जिल्लास्तरिय छात्रा भलिबल प्रतियोगितामा प्रथम भएको छ । जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा मुसिकोट नगरपालिकाको त्रिभुवन माविलाई हराउदैँ पाञ्चायन मावि प्रथम भएको हो ।

पाञ्चायन माविका तर्फबाट मिना पोखरेल उत्कृष्ठ खेलाडी समेत घोषण भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । पाञ्चायन माविले विगत केहि बर्षयता छात्रा भलिबल प्रतियोगितामा वर्चश्व कायम गरेको छ । जसअनुसार ०७५ सालको राष्ट्रपति रनिङ शिल्डमा द्धितिय भएको थियो । भने ०७३ र ०७४ सालमा दुईबर्ष नै प्रथम भएको थियो ।

यस बर्षको रनिङ शिल्डमा पाञ्चायन माविले भलिबलसहित विभिन्न पाचँ खेलमा पुरस्कार जितेको छ । जसअन्तरगत छात्रा लङजम्पमा सन्तोषी कुँवर प्रथम भएकी छन् । त्यस्तै छात्रा सर्टफुटमा सम्झना कुँवर दोस्रो, छात्र व्याब्लिङमा भुपाल राना तेस्रो, रिले दौड र छात्रा कबड्डिमा पनि विद्यालयले तेस्रो स्थान हासिँल गर्न सफल भएको विद्यालयका खेल शिक्षक ऋषिराम पाण्डेले जानकारी दिए ।

५ खेलाडी प्रदेशमा

खेलकुद विकास समितिद्धारा संचालित यस खेलबाट पाचँजना खेलाडी पाञ्चायन माविबाट प्रदेशका लागि छनोट भएका छन् । भलिबल खेलमा मिना पोखरेल, सम्झन कुँवर, निर्मला पोखरेल र करिश्मा नेपाली गरी चार खेलाडी छनोट भएका छन् ।

कबड्डि खेलमा सम्झना कुँवर तथा छात्रा लङजम्पमा सन्तोषी कुँवर प्रदेशस्तरिय प्रतियोगिताको लागि छनोट भएको विद्यालयका प्रध्यानाध्यापक कृष्णचन्द्र पन्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend