logo
  • मंगलबार, असोज १३ २०८३

अविरल बर्षाका कारण कालिका मन्दिर नजिकको बस्ती जोखिममा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

 राम बहादुर बिश्वकर्मा,प्युठान असार २१ ।

शुक्रबार रातभरि परेको अविरल बर्षाका कारण प्युठान नगरपालिका ४ कालिका मन्दिर नजिक रहेको एक बस्ति डुबानमा परेको छ । लगातारको वर्षा पछि पानीको सतह जमिनबाट ४ फिट माथि सम्म आईपुग्दा बस्ति डुबानमा परेको हो ।

बस्तिका ३ देखि ५ घर डुबानमा पारेको छ ,स्थानीय प्रबिन बि क का अनुसार,घर नै डुब्ने अबस्था भएपछि स्थानीयबासी घरबाट बाहिर निस्कन नै समस्या भएको छ। रातिको बर्षासँगै बिजुवारमा ठूलो भल आएको थियो । अहिले बाढीको सतह घट्दै गएको छ । पानीको बहाब बढेर बर्षेनी यसरि गोर्खे कुलो र क्वाडी कुलोमा अत्त्याधिक पानि आउँदा यस्तो घटना भएपनी सरोकारवाला निकायले खासै चासो नदिएको गुनासो छ । बस्तिमा कुनै असर परेको छैन सधै जसो बर्षाको समयमा यस्ता समस्या सामान्य रहेको बिजुवार प्रहरी चौकिले जानकारी दिएको छ।

अहिले भने पानीको सतह कम हुँदै गएको प्रहरीले जनाएको छ । घरमा चार/पाँच फिटसम्म पानी जमेको थियो । यस क्षेत्र डुबानमा परे पनि त्यस्तो भौतिक तथा मानवीय क्षति भने भएको छैन । रातको समयमा ठूलो पानी परे संगै यस्तो अवस्था आएको स्थानीय बासिन्दाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend