logo
  • मंगलबार, असोज १३ २०८३

स्याउलीबाङ्गले विकासको काँचुली फेर्न सकेन, मोटरबाट गाँउ पुग्ने सपना अधुरै


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

प्यार अलि खाँन, प्यूठान असार २० ।
जिल्लाको दुर्गम गाँउ स्यालीबाङ्गले विकासको काँचुली फेर्न सकेको छैन् । व्यापारीक एंव नौबहिनी गाउँपालिकाको केन्द्र बहानेबाट मात्र २० किलोमिटरको दुरीमा पर्ने उक्त गाँउमा हालसम्म मोटरबाटो पुग्न सकेको छैन् । भौगोलिक विकटताका कारण हालसम्म मोटरबाटो पुग्न नसक्दा स्थानियको वर्षौ देखिको मोटरगाडीमा चढरे आफ्नो गाँउ पुग्ने सपना अधुरै भएको हो ।

गाँउमा विद्युतसेवा नभएपछि विकसित प्रविधिको आत्मसात गर्न नपाउँदा उनिहरु सुचना तथा संचार सेवा लिनबाट समेत बञ्चित् छन् साथै खानेपानीको सहज उपलब्धता नहुनु, प्रभावकारी स्वास्थ्य सेवाबाट विमुख हुनु, सहज रुपमा शिक्षाको प्रत्याभुती महशुस गर्न नपाउनु स्याउलीबाङ्ग बासीहरुको वर्षौ देखिको नियती नै बन्न पुगेको छ ।

गाउँमा संचालित ८ किलोवाटको खारखोला लघुजलविद्युत, १८ किलोवाटको सरिमा लघुजलविद्युत र १६ किलोवाट क्षमताको पँधेराखोला लुघुजलविद्युतले आशिंक घरपरिवारलाई सामान्य रुपमा साझविहान बत्ती बाल्न मात्र सहयोग पु¥याएको छ ।

नौबहिनी गाँउपालिका वडा नंं. १ मा पर्ने स्याउलीबाङ्गमा अर्खा–रजवारा झाक्रीढुङ्गा–खारखोला हुँदै ठूलो गाँउ स्यालीबाङ्गमा मोटरबाटो पुगेपनि उक्त सडकसंजाल सिंगो गाँउलाई पायक पर्दैन । केवल मालसामान र भौतिक पूर्वाधारका सामान ढुवानीको लागि मात्र उक्त ग्रामीण सडक प्रयोग गरिँदै आएको छ ।

‘बाटोको दुरी अत्यन्तै लामो र घुमाउरो छ ।’ ढुङ्गागाडे बासथलाका स्थानिय गोविन्द बहादुर वि.क.ले भने, ‘१४ घण्टा लाग्छ पुग्न ।’ बहानेबाट ६÷७ घण्टामै गाँउ पुग्न सकिने वि.क.को भनाई छ । ढुवानीका लागि ट्रयाक्टर र बोलेरो गाँउ पुग्ने गरेको स्थानिय बताउँछन् ।

बहानेबाट कुर्तिबाङ्ग खोलासम्म ट्रयाक खुलेको नौबहिनी–१ का वडा अध्यक्ष शेर बहादुर सेनले बताए । बहाने–कुर्तिबाङ्गको दुरी १३ कि.मि रहेको छ । स्याउलीबाङ्ग सम्म पुग्न वाँकी रहेको ७ कि.मि मोटरबाटो खन्न वहुवर्षिय योजना अन्तर्गत सडक खन्ने काम अघि बढीरहेको सेन बताउँछन् ।

‘कडा चट्टान हुनु हाम्रो लागि प्रमुख चुनौती बनेको छ ।’ वडा अध्यक्ष सेनले भने, ‘ठूलो बजेटको आवस्यकता पर्दछ ।’ आगामी २ वर्ष भित्र मोटरबाटो गाँउसम्म पु¥याउने लक्ष्य लिईएको उनी बताउँछन् । बहानेबाट स्याउलीबाङ्ग मोटरबाटो जोडिए ५० प्रतिशत ढुवानी खर्च घट्ने स्थानियको भनाई छ ।

सडकसंजालले स्यालीबाङ्गलाई छुन नसक्दा ६ सय ६४ घरधुरीका करिब ३ हजार ५ सय जनता प्रत्यक्ष रुपमा प्रभावित हुँदै आएका छन् । स्याउलीबाङ्गमा आलु, गहुँ, मकै र कोदोको राम्रो उत्पादन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend