logo
  • शनिबार, भाद्र २० २०८३

NRNA कतारको सचिव पदमा डिल्लीराम भट्टराईको उम्मेद्वारी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
एनआरएन ए कतारको चुनावको मिति नजिकिदै गर्दा कतारमा लामो समयदेखि समाजसेवा गर्दै आएका डिल्लीराम भट्टराईले सचीव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

पर्वत जिल्लामा जन्मेर हाल रुपन्देहीमा बसोबास गर्दै आएका भट्टराई विगत १३ वर्षदेखि कतारमा रहेर विभिन्न सामाजिक क्षेत्रमा आवद्ध रहेका उनले आफुले आर्जन गरेको अनुभवको आधारमा सचीव पदमा उम्मेदवारी दिन लागेको साझा नेटवर्कलाई बताए ।

कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व समेत गरिसकेका भट्टराईले सन २०११ देखि एनआरएनए कतारको पार्षद सदस्य रहदै २०१७-२०१९ को कार्यकालमा संघ-संस्था समन्वय समितीको सह-संयोजकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

सन २००९ देखि पर्बत समाज कतारमा आबद्द हुदै आफ्नो सामाजिक कार्यलाइ निरन्तरता दिदै आएका उनी हाल सस्थाको मानार्थ सदस्य रहेका छन् । यस्तै सन २००९ मा स्थापना भएको समाज सेवा अभियान रुपन्देहिमा सन २०१० मा आबद्ध भै हाल दोस्रो पटक अध्यक्षको कार्यभार समाली रहेका छन् । भट्टराईले प्रदेश नम्बर पाच समन्वय परिषद कतारको माहासचिव पदमा रहि आफ्नो जिम्मेवारी समाल्दै आइरहेका छन ।

कतारमा रहेर निरन्तर समाज सेवामा सक्रिय भट्टराई यहाँ रहेका सबै सामाजिक ब्याक्तित्वका बिच सरल र अनुशासित सामाजिक कार्यकर्ताको रुपमा परिचित छन् ।

एनआरएनए कतारको २०१७-२०१९ कार्यकालको युवा संयोजकमा उम्मेदवारी दिइएको उनले सबै अग्रजको सल्लाहमा सहमतिको लागि उम्मेदवारी फिर्ता लिएका थिए र यस पटक आफु उम्मेदवार बन्दै गर्दा सम्पुर्णको सहयोग मिल्नेमा आफु पूर्ण आशावादी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend