साझा नेटवर्क
हिम शिखर, गुल्मी असार १९।
स्वदेश तथा विदेशमा रहेका धुर्कोट गाउँपालिका २ पिपलधाराका युवाहरुद्वारा सञ्चालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले घरको सिंडीबाट लडेर खुट्टा फ्याक्चर भएका सिताराम परियारलाई नगद रु सात हजार प्रदान गरेको छ ।
सोही वडाको सुफलमा बस्ने जीवलाल परियारका छोरा सिताराम परियारलाई उपचारको लागि आर्थिक अभाव भएका कारण उक्त संस्थाले सहयोग गरेको हो ।
१२ बर्षिय घाईते प्ररियार कक्षा २ मा अध्यानरत छन् । उनलाई एक कार्यक्रमका बिच उनले पढ्ने विद्यालयमा नै गई संस्थाका स्थानिय सचिव नरेन्द्र थापाले उक्त नगद रकम प्रदान गर्नु भएको थियो ।
स्मरण रहोस् पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले बिगतमा पनि यि र यस्तै रोगी, घाईते तथा पिडित र असाहयहरुको उद्धार गर्दै आईरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend