logo
  • मंगलबार, असोज १३ २०८३

प्रधानमन्त्री रोजगार कार्यक्रम : वडापालिका र स्वास्थ्य चौकी भवन निर्माण सुरु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

चोम बिष्ट, रोल्पा असार १६ ।
रोल्पा सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम रोल्पा थबाङ गाउँपालिकामा अन्तर्गत सबै वडामा काम सुचारु भैसकेको अवस्थामा जसमा वडा नम्बर ४ घोराबाङमा कामदारलाई वडापालिका र स्वास्थ्य भवन निर्माणमा काम दिईएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम पाएका थबाङ गाउँपालिका- ४ का कामदारले असार ९ गतेदेखि वडापालिका भवन र स्वास्थ्य भवन क्षेत्रमा काम गर्दै आइरहेका छन । उक्त काममा वडापालिकाबाट ३० जना प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भर्ना गरिएको वडा अध्यक्ष उदिम घर्ती मगरले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागी अन्य गाउँपालिकाले हेलमेट झ्याकेट पोसाक लगाएर फरक रूपमा देखिए पनि हाम्रो गाउँपालिकामा आर्थिक श्रोत आउनमा ढिलाइ भएको कारण उपलब्ध हुन सकेन तर त्यो हुनैपर्छ भन्ने छैन काम सुरु गर्यौ ।

यो कार्यक्रमलाई विभिन्न किसिमबाट फरक रुप दृष्टिकोणले व्याख्या गरेपनी ग्रामीण स्तरमा यो कार्यक्रम लोकप्रिय भन्ने यस कार्यक्रम मार्फत बेरोजगारीलाई रोजगार दिन सकिने, ग्रामीण स्थरमा बिकासका थुप्रै काम गर्न बाकी रहेकोले थुप्रै क्षेत्रमा काम गर्ने अवसर दिन सकिने साथमा गाउँ बिकासको कामलाई सहयोग पुग्नेमा जोड दिए ।

त्यस्तै रोजगार कार्यक्रम संयोजक राज बहादुर घर्तीले यसरी रोजगार पाउदा हामी कामदार सबैजना खुशी रहेको बताए कामको सन्दर्भमा कामदारको सीप अनुसारको काम दिइएको बताए । यस्तै काम आफ्नै स्थानीय तहमा भए जिल्ला छोडेर बाहिर काम गर्न जाने बाध्यता हटेर जाने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend