साझा नेटवर्क
यमलाल भुसाल, बुटवल असार १५ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले स्थापना दिवस संस्थापकहरुलाई सम्मान गरि मनाएको छ । संघको २१ औं स्थापना दिवसको अवसरमा आईतवार संघको स्थापना गर्न २०५६ सालमा योगदान गर्नु भएका अग्रजहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

संघको स्थापना गर्नेहरुमा धु्रव कुमार तुलाचन,माधव प्रसाद नेपाल, कमल दीप श्रेष्ठ, गोविन्द तुलाचन, लिलाधर वस्याल,धु्रवलाल मानन्धर ,लेखनाथ भण्डारी,नेपाल तारा गौचन, राम प्रसाद वन्जाडे, भिम प्रसाद शेरचन, टेक बहादुर राना, छविलाल अर्याल, झविन्द्र प्रसाद पन्थी, श्रीराम थापा, किरण थापा र नारायण श्रेष्ठलाई संघका अध्यक्ष समुन्द्र जिसीले सम्मान गर्नु भएको हो ।

सोही समारोहमा २०७५ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोरा छोरीलाई पनि सम्मान गरिएको थियो । व्यवसायी राम प्रसाद गौतमकी छोरी आकृती गौतमले ३ दशमलव ६४ जिपीए र गोविन्द्र कंडेलका छोरा आकाश कंडेलले ३ दशमलव ९६ जिपीए ल्याएकोमा नगद तथाप्रशंसापत्रद्धारा सम्मान गरिएको हो ।
उनिहरुलाई स्वर्गिय उम प्रसाद खरेल स्मृति अक्षयकोषवाट सम्मान गरिएको हो । सम्मान समारोहमा वोल्दै संघका संस्थापक सचिव माधव प्रसाद नेपालले व्यवसायमा सवैभन्दा उत्तम पेशाका रुपमा होटल व्यवसाय हो भन्ने स्थापित गराउन परिवर्र्तित समय अनुसार व्यवसायलाई स्त्तरवृद्धि गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष समुन्द्र जिसी, होटल व्यवसायी महासंघ प्रदेश पाँचका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, संस्थापक कमल दीप श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष जीवन प्रसाद श्रेष्ठ, प्रथम उपाध्यक्ष बावुराम गौतम, कानुनी सल्लाहकार यमलाल खनाल ,महासचिव माधव कुमार खनाल लगायतले सस्थालाई प्रविधी मैत्री बनाउदै व्यवसायीलाई पेशा प्रति गर्व गर्ने बातावरण श्रृजना गर्ने धारण राख्नु भएको थियो ।
संघले हरेक वर्ष स्थापना दिवसमा सामाजिक काम गदै आएकोमा यस वर्ष रक्तदान तथा सडक सरसफाई कार्यक्रम समेत गरिसकेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend