साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार १४ ।
गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर २ छल्दी खोलामा माछा मार्ने क्रममा डुबेर अन्दाजी ३५ वर्षिय होम बहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।
मृतक कुमाल इस्मा गाउँपालिका ६ बुल्म निवासी हुन् । उनि शनिवार माछा मार्न छल्दी पनाहा खोलामा आएका थिए । मृतक कुमालको शबलाई पोष्ट मार्टम गर्न गुल्मी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend