logo
  • शुक्रबार, असोज ९ २०८३

चौधरीको १३औं पुण्य तिथीमा काँग्रेसद्वारा शोकसभा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

यमलाल भुसाल, बुटवल असार १४ ।
जिल्ला थारुसंघ रुपन्देहीका अध्यक्ष तथा उद्योगपति सन्तराम चौधरीका बुवा कल्लु चौधरीकोे निधन भएको शनिवार १३ औं पुण्य तिथीमा नेपाली काँग्रेसले शोक सभा गरि श्रद्धाञ्जली व्यक्त गरेको छ ।

चौधरीकै निवाषमा शोक सभा गरि श्रद्धाञ्जली व्यक्त गरिएको हो । चौधरीको निधनले नेपाली काँग्रेस पार्टीलाई अपूर्णनिय क्षती पुगेको र उहाँले देखाउनु भएका मार्गहरुलाई आत्मसाथ गर्ने गरि अगाडी बढने श्रद्धाञ्जली सभामा वोल्ने वक्ताहरुले जोड दिनु भएको थियो ।

नेपाली काँग्रेस तिलोत्तमा नगरपालिका वडा नम्बर १३का सभापति नारायण ढकालको सभापतित्वमा आयोजित शोक सभामा नेपाली काँग्रेस रुपन्देही सभापति अव्दुल रज्जाक, सचिव रामकृष्ण खाँण, नेपाल महिला संघ रुपदेन्हीकी सभापति गंगा शाही, क्षेत्रिय सभापति प्रेम फौजदार ,तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे ,महाधिवेशन प्रतिनिधी भरथरी यादव, शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द खनाल , सन्तराम चौधरी लगायतले चौधरीको मृत्यआत्माको चिरशान्तिको कामना गदैं उहाँको निधनले पार्टीलाई पुगेको क्षतीको उचित मुल्याकन गरि पार्टीलाई सशक्त बनाउन थप प्रेणा प्राप्त भएको धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend