logo
  • मंगलबार, असोज १३ २०८३

अवरुद्ध मध्यपहाडि लोकमार्ग खुल्यो,मुसलधारे पानीका कारण ठाउँठाउँमा पहिरो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल,बागलुङ असार १४ ।

मध्यपहाडि लोकमार्ग अन्तरगत बागलुङ – वुर्तिवाङ सडकखण्डमा पर्ने बडिगाड गाउँपालिका वडा नं. २ राक्सेमा माथिवाट आएको पहिरो तथा छेउमा पर्खाल भत्किँदा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । गएराति परेको मुसलधारे पानी र त्यसबाट अवरुद्ध सडक बडिगाड गाउँपालिकाको प्रयासमा सुचारु भएको हो । राक्से क्षेत्रका विभिन्न स्थानमा खसेको पहिरो पन्छ्याएपछि ८ घण्टा अवरुद्ध सडक खुलेको हो । पहिरोले स्थानिय अम्मर बहादुर वि.क.को घर भत्काएको छ । वातावरणीय प्रभाव मुल्यांकन विनै खनिएका ग्रामिण सडक भेलले बगाउँदा मध्यपहाडि लोकमार्ग नै अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउन डोजर सहित पुगेका बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा सहितको टोलीलाई केहिवेर स्थानियले अवरोध गरेका थिए । साना खोल्साहरुमा मध्यपहाडि लोकमार्ग निर्माण गर्दा हुन सक्ने जोखिमलाई ख्याल नगरी ह्यामपाइप राखिएको र विपत्ति आएको स्थानियले आरोप लगाएका छन् । उनिहरुले सो स्थानमा पक्कि पुल वनाउनुपर्ने माग राखेका छन् ।

त्यस्तै सोहि भेल सहितको पहिरोले स्थानियले उपयोग गर्दै आएको खानेपानी तथा सिँचाइ नहर बगाएको छ । नहर बगाउँदा झण्डै ५ सय मुरी धान फल्ने खेतमा समस्या भएको छ । धान रोप्ने दिन नजिकिएको बेला नहर वगाएपछि समस्यामा परेको स्थानिय प्रेमलाल अर्यालले बताउनु भएको छ। खानेपानीको ट्यांकी बगाएपछि राख्से,वडहरे लगाएतका क्षेत्रमा खानेपानी समस्या भएको छ । त्यस्तै क्षेत्रे, खर्वाङ,रिघाफेँदी लगाएतका स्थानमा माथिवाट आएको पहिरोले सडकमा क्षती पुर्याएको छ ।

सडक खुले संगै रातिबाट थुनिएका काठमाडौंबाट आएका रात्रि वस लगाएत दर्जनौ सवारी साधन गन्तव्यमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend