साझा नेटवर्क
चोम बिष्ट, रोल्पा असार १४ ।
नवीकरणिय बैकल्पिक उर्जाको विशेष प्याकेज कार्यक्रम अन्तर्गतबाट २०७६ साल असार १३ गतेका दिन रोल्पाको सुनछहरी गाउँपालिकाले गाउँपलिका भित्र रहेका वडा वडा नम्बर १ सेरम, वडा नम्बर २ भित्रीगाम ३ नम्बर वडा बाहिरी गाम र ४ नम्बर वडा स्युरि गरि चारै वडाबाट एकल महिला, दलित, गरिब, अपांग गरि २८ घरधुरीलाई पुर्ण अनुदानमा घरेलु सौर्य विद्युत प्रणाली बितरण गरेको छ ।

जसमा जडान समेत निशुल्क रूपमा प्रदान गरेको छ । कार्यक्रम गाउँपालिकाको प्राङ्गणमा भएको थियो । जसमा सिफारिस भएका चारै वडाबाट घरेलु सौर्य विद्युत प्रणाली २८ घरधुरी परिवारलाई हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रममा गाउँपलिका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन र गाउँपालिका अध्यक्ष आस बहादुर पुनले यो घरेलु सौर्य बिधुत प्रणाली एकल महिला, दलित, अशक्त, अपांग, गरिबलाई पारिवारिक स्थिति छनौट गरि गाउँपालिका बितरण गरेको साथै यस्तो कार्यक्रम अगामी दिनमा पनि हुने साथै एकल महिला, दलित, अशक्त, अपांग, गरिबलाई राष्ट्रिय ग्रामीण तथा नविकरणिय उर्जा कार्यक्रम अन्तर्गत विशेष लक्षित वर्गलाई बैकल्पिक सुधारिएको चुलो पुर्ण अनुदानमा बितरण केही समयमा गर्न लागिएको बताउदै गाउँपालिकाले लिएको करको कुनै पनि दुरुपयोग नभै अन्त्यमा त्यो उठाइएको कर स्थानीय तहमै बिकास हुनेमा जोड दिदै सहजीकरण गर्नु भएको थियो ।

जसको सुर्यदिप उर्जा पाली कम्पनीको प्राबिधिक प्रतिनिधि सहयोगमा प्रतिनिधि चोम बिष्ट अथवा स्थानीय तहमा रहेको रोल्पा सोलार एण्ड इलेक्ट्रोनिक्स सेन्टरका संचालक बिष्टको प्रतिनिधित्वमा जडान हुने भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend