साझा नेटवर्क
अर्घाखाँची, असार १४ ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा न १२ डिभर्नामा रहेको ज्ञान प्रकाश माध्यमिक बिद्यालयले एसइइ परीक्षा २०७५ मा जिल्लाका सामुदायिक बिद्यालय तर्फबाट जिल्ला प्रथम हुन सफल भएको छ ।

सो बिद्यालयका बिकाश बस्यालले ३.८५ जिपिए ल्याई जिल्ला प्रथम भए । बस्याल सङ्गै अन्य पाँच जनाले “ए” प्लस ग्रेडमा पास भएका छन् ।
जस्मा स्मृती खनालले ३.७० जिपिए , सन्ध्या श्रेष्ठ ३.७० जिपिए , अशोक श्रेष्ठ ३.७० जिपिए , र त्यस्तै तारा कुवरले ३.६५ जिपिए ल्याउन सफल भएका हुन् । त्यस्तै ३ जनाले “ए” ग्रेडमा पास भएका छन् ।
बिद्यार्थीहरुको यो उत्कृष्ट नतिजाले बिद्यालयको गरिमा अझ बढेको बिद्यालयका प्रधानाध्यापक सूर्य बहादुर खनालले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend