logo
  • शुक्रबार, असोज ९ २०८३

गायक शंकर थापा स्माइलको “अल राउण्डर” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौँ असार १३ ।
गायक शंकर थापा स्माइलको स्वरमा रहेको नयाँ म्युजिक भिडियो “अल राउण्डर’ सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा चर्चा कमाउन सफल गायक शंकर थापा स्माइलको सुमधुर आवाज रहेको म्युजिक भिडियो “अल राउण्डर’ भर्खरै मात्र भाबसागर ईण्टरटेन्मेण्ट बाट सार्बजनिक भएको हो ।

सयौ चर्चित गीतहरुको सर्जक बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक शंकर थापा स्माइलको संगीत रहेको सार्बजनिक गीतमा र्यापर सुदिप अनडिफिटेडको र्याप रहेको छ ।

छायाँकार ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेको भिडियोलाई सुजन मार्फा तामाङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । म्युजिक भिडियोमा डान्स प्लस ४ का फस्ट रनरअप सुजन मार्फा तामाङ तथा एलिएड २० क्रिउलाइ फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend