logo
  • मंगलबार, असोज १३ २०८३

कालिगण्डकी गाउँपालिकामा एक घर एक करेसाबारी कार्यक्रम


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

तिलाचन पाण्डे,गुल्मी असार १३ ।
२ नगरपालिका र १० वटा गाउँपालिका गरि कुल १२ वटा स्थानीय तहहरु रहेको गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाले आर्थिक बर्ष २०७६ / ७७ मा अन्य स्थानीय तहले भन्दा फरक कार्यक्रलाई जोड दिएको छ ।

उसले आगामी आर्थिक बर्षमा एक घर एक करेसाबारी कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको हो । उसले कुल ३६ करोण २ लाख ५५ हजारको बजेटमा ४० लाख रुपैयाँ एक घर एक करेसाबारी कार्यक्रमलाई बिनियोजन गरेको गाउँपालिकाका प्रमुख बेद थापा मगरले जानकारी दिनुभयो । पालिकाले गाउँपालिका भित्रका प्रत्येक घरमा ताजा तरकारी खान पाउने बनाउनका लागि पहिलो प्राथमिकता दिएको र त्यसका लागि पालिकाले प्राबिधिक ज्ञान,बिउँ बिजन संगै टनेलको पनि ब्यबस्था गरिदिने जानकारी दिनुभयो । गाउँपालिका भित्रका करिब चार हजार घरधुरीलाई स्वच्छ र ताजा तरकारी खुवाउने आफनो लक्ष्य रहेको र ब्यबसायीक कृषिलाई प्राथमिकता दिएको दाबी गर्दै पालिका भित्र खपत नभएको तरकारीलाई अन्यन्त्र बिक्री बितरण गर्नका लागि पनि पालिकाले ब्यबस्था गर्ने दाबी गर्नुभयो ।

युवाहरुलाई देशमै स्वरोजगार बनाउनका निम्ति र बैदेशिक यात्रामा अमुल्य समयलाई खेर नफाली स्वदेशमानै टिकाई राख्नका लागि पनि ब्यबसायीक कृषि कार्यत्रमले महत्वपुर्ण भुमिका खेल्ने पालिकाले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend