logo
  • मंगलबार, असोज १३ २०८३

मुसिकोट नगरपालिकाद्धारा नीति तथा कार्यक्रम पेश


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असार ११ ।
मुसिकोट नगरपालिकाले आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पेश गरेको छ । नगरपालिका प्रमुख सोमनाथ सापकोटाले नगरसभामा नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीति तथा कार्यक्रममा चक्रपथ तथा सडक, खानेपानी, खरका छाना विस्थापन लगायतका विकासका कार्यहरुलाई प्राथमिता दिइएको छ ।

नीति तथा कार्यक्रमका अनुसार नगरपालिकामा राजमार्गहरुलाई चार भागमा विभाजन गरिएको छ । राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गलाई (क) वगर्, चक्रपथ, वडा देखि नगरपालिका जोड्ने, दुई वा सो भन्दा बढी वडाहरुलाई जोड्ने, शहरी सडकलाई (ख) वर्ग, वडाको केन्द्र जोड्ने, घना बस्ती तथा अधिक जनसंख्याको आवत जावत हुने सडकलाई (ग) वर्ग र व्यक्तिको निजी सम्पतीमा पुग्ने साना सडकहरु, सम्भावित भु–क्षयको जोखिमयुक्त, पन्ध्र घरधुरी भन्दा कमलाई लाभ पु¥याउने सडकहरुलाई (घ) वर्गमा विभाजन गरिएको छ ।

क वर्गका सडकहरु राष्ट्रिय मापदण्ड बमोजिम, (ख) वर्गका सडकहरु ८ मिटर, (ग) वर्गका सडकहरु ६ मिटर र (घ) वर्गका सडकहरु ४.५ मिटर बनाइने भएको छ । साथै ति सडकहरुलाई व्यवस्थि तगर्न लेन्थ वर्करको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

नगरपालिकाका प्रत्येक घरधुरीमा एक घर एक धारा पु¥र्याइने, खानेपानी तथा सरसफाईको लागि बजेटको सुनिश्चिता गर्ने, तथा टोल र गाउँलाई फोहोरमुक्त बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिकाका सबै वडा समेट्ने गरी निर्माण हुने दुई वटा चक्र पथ, मुसिकोट दरबार, मालिका, शालिमे दह, ढोडेनी सहिद पार्क, ग्वादीका चौर खेल मैदान, स्मालीथान पार्क, स्वाँरा होमस्टे, आँपचाौर नमूना बस्ती लगायतका योजनाहरुलाई गौरबका योजनाका रुपमा अगाडी बढाईने नगरपालिकाले जनाएको छ ।

त्यस्तै गाउँपालिकाको भवन र सभाहल निर्माण, वामीटक्सारको स्वास्थ्य चौकीलाई १५ शैयाको बनाउने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । नगरपालिका भरि ५० प्रतिशत जनसहभागिता जुटाई सिंचाईका लागि कुलो निर्माण गर्ने, लिफ्ट सिंचाईमा प्रयोग हुने मोटर पाईप र वाईरिङ्गमा ५० प्रतिशत अनुदान दिने नीति मुसिकोट नगरपालिकाले लिएको छ ।

त्यस्तै नगरपालिकाको सबै बस्तीमा राष्ट्रिय प्रशारण लाईनको विस्तार गर्ने, बैकल्पिक उर्जा, स्थानीय उर्जा उत्पादनलाई अध्ययन गरी आवश्यक काम गर्ने तथा पक्की पुल, झोलुङ्गे तथा आकाशे पुलहरु निर्माण गर्ने मेयर सापकोटाले जानकारी दिए ।

कृषिको विकासका लािग व्यवसाय ऋणको व्याजमा ५० प्रतिशत अनुदान, उपकरण तथा मेसिनमा कृषकलाई ५० प्रतिशत अनुदान, बेमौसमी तरकारी खेती उत्पादनका लागि टनेल प्लाष्टिकमा ९० प्रतिशत अनुदान दिइने भएको छ ।

प्लाष्टिक पोखरी निर्माणका लागि प्लाष्टिकमा ८० प्रतिशत अनुदान दिने तथा कफिलाई नगरपालिकाको मुख्य बालिको रुपमा विकास गर्ने निति लिएको छ । कफिको जननी मुसिकोट नगरपालिकालाई राष्ट्रिय पहिचान दिन कफि लागाऔँ आम्दानी बढाऔँ कार्यक्रम संचालन गर्दै कफि बगैचाहरु निर्माण गर्ने नितिलाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend