logo
  • मंगलबार, असोज १३ २०८३

गौमुखी गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम सार्वजनिक


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

जोगिन्द्र मल्ल,प्युठान असार ११ ।

गौमुखी गाउँपालिका प्यूठानले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले “कृषि,शिक्षा,पर्यटन र पूर्वाधारमा प्राथमिकता हाम्रो,सबै स्वास्थ र समृद्ध भए बन्छ गौमुखी राम्रो” भन्ने नारालाई आत्मसाथ गर्दै निति तथा कार्यक्रम ल्याइएको बताउनु भयो ।

क्रमलाई प्रस्तुत गर्दै अध्यक्ष गिरिले यस गाउँपालिकाको भौगोलिक सामाजिक आर्थिक र सास्कृतिक बिबिधतालाइ आत्मसात गर्दै गौमुखी गाउँपालिकाको समृद्धि भन्नुनै रास्ट्रको समृद्ध हो भने सबै बिकासका पुर्बधारलाई समेट्दै निति तथा कार्यक्रम ल्याइने र यस बर्ष पंचबर्सिय आबधिको योजना निर्माण गर्ने बताउनु भयो । यस गाउँपालिकाको चालु आ ब को प्रमुख काम भनेको खरको छाना हुने बिपन्न परिबारका लागी जस्ता पाता बितरण रहेको र १६३३ घर परिबार पहिचान भएकोमा हाल सम्म १४६० घर परिबारले जस्ताले छाइसकेको र पहिलो बर्ष मोटर बाटो दोस्रो बर्ष जस्तापाता र तेस्रो बर्ष खानेपानीमा एक घर एक धारा निर्माणमा लगानी गरिने बताउनु भयो ।

गाउँपालिकाको केन्द्र लिवासेमा बन्न लाएको १९८ जना अटने कंक्रिट शैलीको सुबिधा सम्पन्न बहुउद्देश्यीय सभाको लागी २ करोड १२ लाखको लागत रहेको त्यसैगरि रुपाचौर खेलकुद मैदान लगायतका काम भएको र कृषि शिक्षा स्वास्थ्य यातायात खानेपानी लगायतका विषयमा खर्च हुने यसबर्ष आकर्षक कार्यक्रमहरुमा बैशाख १,२ र ३ गते गौमुखीमा गौमुखी मिडिया सम्मेलन गरेको लोक सेवा तयारी कक्षा संचालन ,भैरहवा मेडीकलको सहयोगमा स्वास्थ्य शिबिरमा २००० जनाले सेवा लिएका ३३ वता कानुन निर्माण प्रधानमन्त्री रोजगार कार्यक्रममा ६००० जनाले फाराम भोरेकोमा ६०० जनालाइ पहिलो चरण मा रोजगार दिएको जेष्ठ नागरिक अपांग परिचय पत्र वितरण व्यावसायिक फम दर्ता बैंक खाता संचालन जस्ता काम भएको र तिर्थ स्थल गौमुखीको गुरुयोजना तयार गर्ने योजना रहेको बताउदै बस नपुगेको वडामा बाटो निर्माण गरि बस पुराउने ।

कृषिप्रधान देश भएकोले यान्त्रिक कृषि उपकरण खरिद गर्न ७५% अनुदान उपलब्ध गराउने र निति तथा कार्यक्रम समृद्ध गौमुखी सूखी गौमुखीबासी जन्ताको दीर्घकालीन सोचमा परिबर्तन भएमा समृद्ध गौमुखी हुने बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend