साझा नेटवर्क
✍️साहित्य प्रेमी सुरज
रेसुङ्गा नगरपालिका-४,गुल्मी
परदेश आउने जाने क्रम मेरो चलिरहेछ
त्यसैले घर साँझ बिहान चुलो बलिरहेछ !!
औंला भाँचेर घर फर्कने दिन गन्दा गन्दै
पत्तो नपाइ यहाँ आफ्नै उमेर ढलिरहेछ !!
भोक,निद्रा नभनि खट्टिदा धनको आसमा
काम को धेरै चापले शरीर मेरो गलिरहेछ !!
सबैको देख्छु प्रगति आफ्नो भने झैं नहुँदा
पिरै पिर को कारणले मुटु मेरो जलिरहेछ !!
म आफ्नै घरको बारी , बाँझो राखेर हिँडे
खाडीमा मेरै मेहनतले, खजुर फलिरहेछ !!

✍️ साहित्य प्रेमी सुरज
रेसुङ्गा नगरपालिका-४,गुल्मी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend