साझा नेटवर्क
प्रभा श्रेष्ठ,सिड्नी असार १० ।
बर्तमान एनआरएन अस्ट्रेलियाका अध्यक्ष पदका उमेदवार तथा नाई नभन्नु ल फिल्म २, ४ र ५ का निर्माता दिनेश पोखरेल र बाबा कन्सल्टेन्सीका निर्देशक रबिन्द्र कुमार शर्माले जनही एक लाख एघार हजार एक सय एघार गरी जम्मा दुई लाख बाइस हजार दुई सय बाइस माझी बस्तीको लागि सहयोग गर्नु भएको छ ।
नेपालमा आटिजम प्रभावित बच्चाहरुप्रति लक्षित बिशेष स्कूल संचालन गरिरहेकी सबिता उप्रेतीको संस्थाद्धारा लक्षित बिशेष स्कूल भबन निर्माणको सहयोगार्थ एनआरएनए अष्ट्रेलियाले जुन १० मा सिड्नीमा आयोजना गरेको परोपकारी डिनर कार्यक्रमको सहयोगका लागि सिड्नी आएकी नायिका स्वेता खड्का करीब दुई हप्ता सिड्नी बस्ने क्रममा बसाइको अन्ततिर स्वेताश्री फाउण्डेसनले निर्माण गरिरहेको सिन्धुपाल्चोकको माझीबस्तीका लागि सहयोग सङकलन कार्यमा पनि जुटिरहेकी हुन ।
स्वेताश्री फाउण्डेसनको सहयोगार्थ एनआरएनए अष्ट्रेलिया नारी निकुन्जले गत शनिबार ूस्वेतासंग ब्रेकफास्टू नामक कार्यक्रम आयोजना गरी सहयोग सङकलन गरेको छ । सहयोगको फेयरिस्त आउन बाँकी नै भए तापनि सबै खर्च कटाएर करीब अस्ट्रेलियन डलर ७,००० माझी बस्तीको लागि प्राप्त हुने अनुमान छ ।
त्यस्तै स्वेता शनिबार तनहु समाज अष्ट्रेलियाले आयोजना गरेको बार्बिक्यु कार्यक्रममा समेत सहभागी भएर तनहुका समुदायलाई भेटेकी छिन् । समाजले पनि स्वेताश्री फाउण्डेसनलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
सन् २०१५ मा नेपालमा गएको बिनासकारी भुकम्पमा परी घरबार बिहिन भएका पिडितहरुका लागि फाउण्डेसनले ५३ वटा घर निर्माण गरेको र यो अहिले अन्तिम चरणमा छ । ८० प्रतिशत काम सम्पन्न भईसकेको माझिबस्तीको लागि आधारभूत संरचना, स्वास्थ्य चौकी, पार्क आदि पुरा गर्नका लागि उनलाई २ करोडभन्दा बढी रकम आबस्यक पर्ने बताएकी छिन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend