logo
  • मंगलबार, असोज १३ २०८३

‘आमा जीवन माग्नुहुन्छ,अस्पताल पैसा’


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल,गुल्मी जेठ ८ ।
काठमाडौं जस्तो महंगो सहर । त्यसैमाथि विर अस्पतालको ट्रमा सेन्टर । दिनभर सहयोगको याचना गर्ने,रातभर जागराम बस्ने । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका ७ काउले ढिकुरा निवासी २१ बर्षिय अनिता पाण्डेको दैनिकी अहिले आमाको जीवन बचाउनमै बितेको छ । गत जेठ १२ गते रुखबाट लडेर अनिताकी आमा श्यामकला पाण्डेको मेरुदण्ड भाचिँयो । त्यसपछि उनीहरु दुवैको दिन रात अहिले अस्पतालमै कट्ने गरेको छ । श्यामकलाकी छोरी अनिता एक्ली सन्तान हुन् । उनी एक बर्षकी हुँदा बुबाको मृत्यु भयो । अहिले आमाको पनि मेरुदण्ड भाचिँएपछि अनितामा झन चिन्ता थपिएको छ ।‘बाबुलाई पनि देख्न पाइन,आमाको अवस्था पनि चिन्तालाग्दो छ ।’ छोरी अनिताले भनिन्,‘कर्मले ठग्यो,भाग्यलाई दोष दिनुबाहेक विकल्प छैन ।’श्यामकलाको विर अस्पतालको ट्रमा सेन्टरको बेड नम्बर ५११ मा आइसियुमा सात दिनसम्म उपचार भयो । त्यसपछि अहिले थेरापिको लागि स्पाईनल इन्जुरी स्थापना केन्द्रको बेड नम्बर ५३ मा सारिएको छ । थेरापि खर्च २५ हजार पर्छ । पीडित श्यामकलाको उपचारमा अहिलेसम्म करिब चार लाख खर्च भइसकेको छ । श्यामकलालाई अझै तीन महिना अस्पतालमै राख्नुपर्ने भएको छ । जसको लागि अझै १२ लाख लाग्ने डाक्टरले बताएका छन् । ‘डाक्टरले १२ लाखजति लाग्ने भन्नुभएको छ,तर हामिसँग १२ हजार पनि छैन ।’पीडितकी छोरी अनिताले भनिन्,‘आमा अस्पतालमा जीवन माग्नुहुन्छ,तर अस्पताल पैसा माग्छ ।’श्यामकलाको सुरुमा विर अस्पतालको ट्रमा सेन्टरमा उपचार भयो । तर डाक्टरले थेरापि गर्न भनेपछि हाल भैँसिपाटीमा रहेको स्पाइनल इन्जुरी स्थापना केन्द्रमा सारिएको छिमेकी सागर वेलवासेले जानकारी दिए । तरपनि ३÷४ दिनदेखि ज्वरो आएको कारण थेरापि हुन सकेको छैन । जसले गर्दा पीडित झन पीडित हुने अवस्था आएको छ । ‘घरको आर्थिक अवस्था पनि निकै कमजोर छ, सबैले खर्च उठाएर काठमाडौसम्म पठाएका हौँ ।’ छिमेकी वेल्वासेले भने, ‘भएभरको सबै सम्पत्ति बेचेपनि श्यामकलाको उपचारको सानो अशं पनि पुग्न गाहे हुन्छ ।’ त्यसका लागि उनले सबैसँग श्यामकलाको जीवन बचाउन सहयोगको लागि अनुरोध पनि गरेका छन् ।

श्यामकला गाउँकै भगभती प्राथमिक विद्यालयमा कार्यालय सहयागीको रुपमा काम गर्दै गुजारा चलाएकी थिइन् । छोरी अनिता भने गुल्मीको तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसमा बी.एड्.चौथो बर्षमा अध्ययनरत छिन् । तेस्रो बर्षको परिक्षा चलिरहेकै बेला आमा रुखबाट लेडपछि पुरा परिक्षा पनि उनले दिन पाईनन् । ‘परिक्षा त दिन पाईन, धेरै चिन्ता मान्ने कुरा भएन, तर आमाको जीवन बचाउनु छ ।’ अनिताले भनिन, ‘आमाबाहेक यो संसारमा मेरो अरु कोहि छैन ।’ त्यसका लागि उनले सबैसँग आफ्नो आमाको जीवन बचाउनको लागि आर्थिक सहयोगको अपेक्षा गरेकी छन् । तपाई पनि श्यामकलालाई सहयोग गर्न चाहानुहुन्छ भने छोरी अनिता पाण्डेको नाममा एन्.एम्.बी. बैंकमा रहेको खाता नम्बर ०४७००६२५३९७०००१२ मा रकम जम्मा गरिदिनुहुन सक्नेछ । वा सम्पर्क नम्बर ९८५७०४९३३३ वा ८६७१९२७२८ मा पनि सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend