logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज युएईको अधिवेशन सम्पन्न, अध्यक्षमा थापा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

राज भण्डारी, युएई ।
गुल्मी सेवा समाज युएईको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा सामाजिक अभियन्ता जुझारु युवा रुद्र थापालाई अध्यक्षमा सर्वसम्मत चुनेको छ । जुन २१ मा दुबईको देरा स्थित फ्लोरा कृक होटलमा आयोजित विविध सांगीतिक कार्यक्रम सहितको अधिवेशनले समितिको उपाध्यक्षमा सीता केसी, रामप्रसाद श्रेष्ठ र नोखा बस्नेतलाई जिम्मेवारी सुम्पेको छ ।

यसरी नै समितिको महासचिवमा मेघराज कंडेल र सचिवमा सरस्वती पौडेल, सीता रजाइली र हुमराज बिकलाई चयन गरेको छ । यसैगरी कोसाध्यक्षमा नेत्रप्रसाद भुसाल, प्रवक्तामा किशोर केसी रहेका छन् ।

गुल्मी सेवा समाज युएईको केन्द्रीय सदस्यहरुमा बाबुराम सुनार, लेखनाथ विस्वकर्मा, प्रेम जिसी, ओमप्रसाद भण्डारी, मधु काफ्ले, अर्जुन अर्याल, केशव भण्डारी, जुना बोहरा, होमनाथ कुवर, लक्ष्मन जिसी, घनश्याम भण्डारी, शेरबहादुर थापा, जीवलाल पाण्डे, जिवनसिह ठकुरी र निर्मला मगर चयन भएका छन् ।

समाजका निवर्तमान अध्यक्ष लक्ष्मण अर्यालको सभापतित्व बाट शुरु भएको कार्यक्रममा प्रमुख अथिति एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ रहेका थिए । विशिष्ट अतिथि समाजका संरक्षक कृष्णप्रसाद गौतम लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि हरुको उपस्थिती थियो।

देरा दुबई को फ्लोरडा सिटी होटलको हलमा आयोजित कार्यक्रममा नेपालबाट आएका गुल्मेली गायक सुरेश राना मगर लगायत युएईमा कार्यरत कलाकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रममा आफ्नो कार्यकाल भरीको प्रगति विवरण समाजका निवर्तमान महासचिव रुद्र थापाले प्रस्तुत गरेका थिए ।

चौथो अधिवेशनबाट आगामी २ वर्षे कार्यकालको लागी रुद्र थापाको नेतृत्वमा २६ सदस्यीय नयाँ कमिटीलाई उपस्थित अतिथिका साथै सर्वसाधारणहरुले बधाईका साथै कार्यकालको सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend