logo
  • मंगलबार, असोज १३ २०८३

विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल,गुल्मी असार ५ ।

रुरु गाउँपालिकाका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । गाउँपालिकाका सात विद्यालयका कुल २० जना विद्यार्थीलाई एक-एकवटा झोला,आधा-आधा दर्जन कापि तथा कलम वितरण गरिएको हो । ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय,सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा बाल उत्थान तथा समाज विकास केन्द,्र गुल्मीले शैक्षिक सामाग्री प्रदान गरेको हो ।

यसअघि सँस्थाले गाउँपालिकाका सबै वडाका विद्यालयमा बाल सञ्जालको समिति समेत गठन गरेको थियो । त्यसका साथै विद्यालयका विद्यार्थीहरुलाई बालबालिकाको अधिकार,कर्तव्य,नेपालमा बालबालिकाको अधिकार लगायतका बिषयमा पत्रकार हुमाकान्त पोखरेलले प्रशिक्षण दिएका थिए । प्रशिक्षणपश्चात बाल क्लवका पदाधिकारी र विद्यालयको रोहवरमा विद्यालयका गरिब, विपन्न तथा जेहेनदार विद्यार्थीहरुको छनोट गरिएको थियो । त्यसरी छनोट गरिएका विद्यार्थीहरुलाई बिहिबार शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै रुरु गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी पन्थले दिएका सामाग्रीको सहि सदुपयोग गर्न अनुरोध गरिन् । त्यसका साथै रुरु गाउँपालिका ‘पूर्ण भर्नायुक्त गाउँपालिका’ घोषणा भएकोले पनि बालअधिकार सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताइन् । होटल, सडक लगायतका कुनै पनि काममा बालबालिकालाई काममा लगाइए त्यसको प्रतिकारमा गाउँपालिका उत्रने समेत बताइन् । वितरण कार्यक्रममा विभिन्न जनप्रतिनिधि, विद्यालयका शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सँस्थाका अध्यक्ष प्रकाश चालिसेको अध्यक्षता, सचिव घनश्याम खरेलले स्वागत मन्तव्य तथा श्रृङ्गेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति किसन पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend