logo
  • शुक्रबार, असोज ९ २०८३

चर्चित गायिका देवी घर्ति र महेन्द्र भण्डारीको नयाँ तिज गित “चरी बस्यो निगाली गाँजैमा ”(भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रमेश विश्कर्मा,गुल्मी,असार ५ ।
नेपाली नारिको महान पर्ब हरितालिका तीजलाई मध्यनजर गर्दै तीज बिशेष गीत बजार आउन थालइसकेका छन् । यस्तै क्रममा चर्चित गायिका देबी घर्ती र गायक अनि सर्जक महेन्द्र भण्डारीको नयाँ तीज कोसेलो “चरी बस्यो निगाली गाँजैमा…” बोलको गीत बजारमा आएको छ ।

शिवदर्शन फिल्मस प्रालिले बजार ब्यबस्थापन गरेको गीतको शब्द गायत्री थापाको रहेको छ । लय सङ्कलन गायक स्वयं महेन्द्र भण्डारीको रहेको यो गीतमा नाच तथा अभिनय कलाकार खगेन्द्र बिष्ट र कलाकार जुना सुन्दासको रहेको छ । गीतले माया पिरतिको कथा बस्तुलाई समाबेश गरेको पाईन्छ आफ्नो मान्छेको माया कती हुन्छ भन्ने कुरालाई गीतले बोलेको छ ।

गत बर्ष पनि देबी घर्ति र खुमन अधिकारीले गाएको गीत जरुरी कुरा छ पनि अत्याधिक रुचाइएको गीत हो । यो गीत चरी बस्योलाई निर्देशक मदन खड्काले निर्देशन गरेका छन् भने छायाङ्कन करण चैसिरको रहेको छ । वर्तमान समयका जल्दाबल्दा बिषयलाई समेटेर गीत बनाएको महेन्द्र भण्डारीको भनाई छ । गायक भण्डारीले यसपाली आफ्न ४ वटा तीज गीत बजारमा आउने साझा नेटवर्कलाई बताएका छन् । अहिले सम्म महेन्द्र भण्डारीका १५० गीत तथा सिर्जनाहरु बजारमा आईसकेका छन् ।

भिडियो….

https://www.youtube.com/watch?v=s9Y33X3qq14

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend