logo
  • मंगलबार, असोज १३ २०८३

गुठी विधेययकविरुद्ध माईतीघरमा उर्लियो जनसागर


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३


साझा नेटवर्क,काठमाडौं असार ४ ।

गुठी विधेयक खारेजीको माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ । काठमाडौंको विभिन्न ठाउँबाट सुरु भएको जुलुस माइतीघर आइपुगेको थियो ।

सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि काठमाडौंबासीले त्यसमा चित्त बुझाएनन् । हजारौं सर्वसाधारण नेपाली झण्डा बोकेर जुलुसमा सहभागी भएका थिए । विभिन्न नारा लेखिएको ब्यानर र झाँकीसहित काठमाडौं,भक्तपुर,ललितपुर र काभ्रेका नेवार समुदाय माइतीघर आइपुगेका थिए । काठमाडौं उपत्यकाको बानेश्वर,बसन्तपुर,कुपण्डोल,पाटन,भक्तपुर लगायत शहरबाट निकालिएको जुलुस माइतीघरसम्म आएको थियो ।

सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयकमा निजी गुठी र सार्वजनिक गुठीलाई एउटै प्राधिकरण अन्तर्गत राख्ने उल्लेख गरेपछि काठमाडौंका गुठी सञ्चालकहरु आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend