साझा नेटवर्क
अनिल खत्री,गुल्मी असार २ ।
गुल्मी मा पानी टंकीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नम्बर ७ ठुलिचौर निवासी ३५ वर्षिय मीना थापाको पानी टंकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।
सोमबार बिहान घरमै रहेको पलाष्टिको टंकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक थापा घरमा सासुरासँग बस्दै आएकी थिइन् ।
उनका २ छोरा छोरी रहेका छन् । श्रीमान रोजगारिको शिलसिलामा भारतमा रहेको प्रहरीले जनाएको छ । थापाको शबलाई पोष्ट मार्टको लागि जिल्ला सदरमुकाम ल्याइदै छ ।
घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend