logo
  • शुक्रबार, असोज ९ २०८३

गायक जीवन बस्नेतको नयाँ गित बजारमा (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, कतार ।
नयाँ नयाँ गीतहरु बजारमा आउने क्रममा गायक जीवन बस्नेतको नयाँ गित पनि बजारमा आएको छ । गायक जीवन बस्नेतको “सुम्पिदिएको कोशेली मेरो” नामक बोलको गित गत मंगलबार देखि बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत बजारमा आएको हो ।

उक्त गीतमा स्वर र शब्द जीवन बस्नेतको छ भने संगीत दिनेश मुल्मिको रहेको छ । कतारको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई राजेन्द्र कुमार थापाले क्यामेरामा कैद गरेका हुन् भने भविन्द्र तामांगले सम्पादन गरेका हुन् ।

भिडियोमा सबिल अलि र रुशा बुढाथोकीको सुन्दर अभिनय देख्न सकिन्छ, यस गीतको भिडियोलाई कुमार न्यौपानेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend