साझा नेटवर्क
केशवराज क्षेत्री, बागलुङ असार १ ।
बागलुङको धुल्लु लिउवा माध्यमिक विध्यालयको ४ कोठे पक्की भवन शनिबार उच्च निकायद्वारा अनुगमन भएको छ ।

बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोट लिउवामा अवस्थित माविको ढलान कार्य हुँदै गर्दा योजना कार्यान्वयन इकाइ बाग्लुङका प्राविधिक नवीन सुनार, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा, विध्यालय व्यवस्थापन समितिका पदाधिकारी, इलाका प्रहरी कार्यालय बरेङका प्रहरी नायब निरीक्षक दान बहादुर केसि लगायतको टिमले विध्यालय भवनको अनुगमन गरेको बरेङ गाउँपालिकाका स्वास्थ्य प्रमुख पदम बहादुर पुनले जानकारी दिए ।
राष्ट्रिय पुनःनिर्माण प्राविधिकरणको ६९ लाख ४० हजार आर्थिक सहयोगमा निर्मित भवनको आधा आधी काम भैसकेको छ । असार मसान्तसम्म निर्माण कार्य सक्नुपर्ने, सकिन्छ प्रध्यानाध्यापक फटिक थापाले बताए ।
विध्यालयको पक्की भवन ढलान कार्यमा करिब ५५ जना स्थानीय र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले समेत सहयोग गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend