साझा नेटवर्क
केशवराज क्षेत्री, बाग्लुङ असार १ ।
प्रभु बैंक शाखा कार्यालय बरेङले शनिबार करिब १ सय ५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिको खाता खोलिदिएको छ । बाग्लुङको बरेङ गाउँपालिका कार्यालय र प्रभु बैंक शाखा कार्यालय बरेङको समझदारी भएपश्चात बैंकले प्रत्येक शनिबार गाउँगाउँमा पुगेर र अन्य बार कार्यालयबाट बरेङ गाउँपालिकाका वडा नम्बर १ र २ का ५ वर्ष मुनिका दलित बालबालिका, एकल महिला, अपांग र वृद्ध वृद्धाको खाता खोलिदिने कार्य गरेको बैंकले जानकारी दिएको छ ।

दुइवटा वडाका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिको खाता असार १० गते भित्र सकिने हालसम्म करिब ८ सय जनाको खाता खोलिसकिएको प्रभु बैंक शाखा कार्यालयका प्रबन्धक रेशम आचार्यले बताए ।
शनिबार बरेङ गाउँपालिकाको वडा नम्बर १ को चित्रे र लिउवा गाउँका स्थानीयको खाता खोलिएको हो भने आगामी शनिबार बरेङ गाउँपालिका वडा नम्बर १ कै लुरुङ, कोकलदिपका स्थानियको खाता खोलिने सेवा दिइनेछ र पाएक नपरेका व्यक्तिहरुले प्रभु बैंकको जुनसुकै शाखा बाट पनि खाता सन्चालन गर्न सक्नेछन प्रबन्धक आचार्यले जानकारी दिए ।
दुइवटा वडाको करिब १ हजार २ सय जनाको खाता खोल्नुपर्ने तथ्यांक बरेङ गाउँपालिका कार्यालयको रहेको छ । बैंकका कर्मचारीहरु नै गाउँमै उपस्थित भएर खाता खोलोदिने सेवा दिदा स्थानीय हर्षित भएका छन ।
गाउँपालिकाले प्रत्येक चौमासिक सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिको खातामा रकम राखिदिने छ र खातावलाले आफुले पाउनुपर्ने रकम आवश्यक परे निकाल्ने नभए पनि खातामै सुरक्षित हुनेछ बैंक शाखा प्रबन्धक आचार्यले उल्लेख गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend