logo
  • मंगलबार, असोज १३ २०८३

रिघामा उद्घोषण,पत्रकारीता तथा नेतृत्व विकास तालिम सम्पन्न


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल,बाग्लूंग असार १ ।

नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय समितिको आयोजना तथा गल्कोट नगरपालिका वडा नं. ११ को आर्थिक सहयोगमा उद्घोषण,पत्रकारीता तथा नेतृत्व विकास सम्बन्धि आधारभुत तालिम रिघामा सम्पन्न भएको छ । ६० जना स्थानिय युवाहरुको सहभागिता रहेको तालिम २ दिन सम्म चलेको थियो सो तालिमको समापन कार्यक्रममा वडा अध्यक्ष डम्बर श्रीसले युवाहरुलाई सकारात्मक सोच र उत्प्रेरणाका साथमा अगाडि वढ्न आह्वान गर्नुभएको छ । तालिमले व्यावहार परिवर्तन गर्न सक्नुपर्ने भन्दै २ दिनको सिकाइलाई कार्यान्वयन गर्न सहभागि लाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा वडा सचिव डिल वहादुर श्रीस, रत्न लक्ष्मी माविका प्रधानाध्यापक तुल वहादुर श्रीस,नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद तथा प्रशिक्षक कमल पौडेल,सहभागिको तर्फबाट लाल वहादुर नेपाली र भिमा राना लगाएतले वोल्नुभएको थियो । कार्यक्रम जनजाती महासंघका उपाध्यक्ष ओम प्रसाद घर्तिको अध्यक्षता, सहसचिव पूर्णा रानाको स्वागत मन्तव्य तथा सपना विकको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend