logo
  • मंगलबार, असोज १३ २०८३

नेपाल दशनामी समाज जिल्ला समिति प्युठानकाे प्रथम अधिबेशन सम्पन्न


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

रमेश गिरी,प्यूठान जेठ ३२ ।

नेपाल दशनामी समाज जिल्ला समिति प्युठानकाे प्रथम अधिबेशन आज बाल विद्या.मा.वि मरन्ठानामा सम्पन्न भएकाे छ ।
२०५४ सालमा अाैपरिक रूपमा संगठित भएकाे दशमानी समाजले देशका ७६ जिल्लामा बसाेवास गरेका छन । २०६८ सालकाे तथ्यांकअनुसार नेपालमा दशनामी समाजकाे जनसंख्या ३ लाख छ भने प्युठान जिल्लामा ७ हजार ५ सय ५० रहेकाे छ । प्युठान जिल्लमा १२ जना जनप्रतिनिधिहरूकाे रूपमा निर्वाचित भएका छन । लाेभ ,लालच,माेह क्राेध र गृहस्थी जीवन त्यागी सन्यास लिएर जीवन निर्वाह गरेकाे अवस्था थियाे । नेपालका पवित्र धार्मीक स्थलमा पुजारीकाे रूपमा काम गरेकाे इतिहासमा उल्लेख्य छ । जंङ्गबहादुर राणाकाे शासनकाल अघि नेपालकाे पवित्र धार्मीक तिर्थ स्थल पशुपतीनाथकाे पुजारीकाे रूपमा गिरी रहने गरेकाे तथ्य छ भने प्युठान जिल्लाकाे धार्मीक स्थल स्वर्गद्वारीमा पनि पुजारीकाे रूपमा काम गरेकाे अवस्था छ । पृथ्वीनारायण शाहकाे शासनकालमा शुभ कार्यमा गिरी (दशनामी) बाट सुरू गराउने गरेकाे भनाइ इतिहासमा उल्लेख छ । भारतमा गिरीहरूकाे ठुलाे महत्व रहेकाे छ ।
वाइसी चाैविसी राज्यकालमा दशमानीहरूकाे महत्व अझै बढी रहेकाे भनाई वक्ताहरूले राख्नु भएकाे छ । नेपालमा रहेका सबै जातिकाे उत्पती कर्मका अाधार रहेकाे परिवेशमा गिरी जातिकाे नामाकरण वा वर्गीकरण पनि साेही अाधारमा सन्यासीहरूलाई गिरी जातिकाे रूपमा राखिएकाे हाे । इमान्दार,शाेझा,कर्म प्रति विश्वास गर्ने जातिका रूपमा दशनामी समाज चिनिन्छन ।
प्रथम अधिबेशनमा नेपाल दशनामी समाजकाे केन्द्रीय उपाध्यक्ष शिव शंकर गिरी प्रमुख अातिथ्यता थियाे,गाैमुखी गाउँपालिकाका अध्यक्ष विस्नुकुमार गिरीकाे विशेष अातिथिकाे रूपमा उपस्थिति थियाे भने केन्द्रीय सदस्य निमा गिरी,तुल्सी गिरी लगाएतका अतिथिहरूले दशनामी समाजकाे बारेमा अा अाफ्ना राख्नु भएकाे थियाे ।
दशनामी समाजका सदस्य मध्येबाट विद्यावारिधि गर्नुहुने डा मधु गिरी ,जननिर्वाचित प्रतिनिधि गाैमुखी गाउँपालिका अध्यक्ष विस्नु कुमार गिरी लगायत उच्च पदस्थ पदाधिकारीहरूलाई दशनामी समाजले सम्मानित गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend