साझा नेटवर्क
अनिल खत्री,गुल्मी जेठ ३० ।
सशस्त्र प्रहरी बल प्रमुख सैलेन्द्र खनालले आफ्नो पुर्ख्यौली घर लाई धर्मसाला बनाउने प्रक्रिया अगाडी बढाएका छन् । गुल्मी जिल्लाको रुरु गाउँपालिका स्थित रिडी स्थित आफनो पुख्र्याउली घरलाई स्व पिता डा टिकाराम खनालको स्मृतिमा धर्मसाला बनाउने गरि निर्माण समिति गठन गरेका छन् ।
महानिरिक्षक खनाल बुधवार गृह जिल्ला पुगेर एक कार्यक्रमको आयोजना गरेर आफनो घरलाई धर्मशाला बनाउन समिति गठन गरेका हुन् । धर्मशाला बनाउनको लागि शंकर भट्टराईको अध्यक्षमा १५ सदस्य निर्माण कमिटी गठन गरेका छन् । खनालले गत वर्षको अशोजमा आफना पिताको सम्झनामा घरलाई धर्मशाला निर्माण गर्न इन्जिनियर सहितको टोली लगेर अध्ययन गराएका थिए । पुरानो संरचनामा बनेको २ तले घरलाई भत्काएर नयाँ डिजाइनमा धर्मशाला बनाउने बताएका हुन् ।
तिन जिल्लाको संगमन स्थल रहेको रुरु स्थित रिडीमा आफना पिताको सोच पनि धर्मशाला बनाउने रहेकाले बुवाकै सम्झनामा घरलाई धर्मशाला बनाउने निर्णय गरेको महानिरिक्षक खनालको भनाई छ । समितिले बिहिवारदेखिनै काम सुरु गर्ने भट्टराईले बताए । समितिले तत्कालै पुरानो घरलाई भत्काउने र नयाँ साढे दुई तलाको पक्की भुकम्प प्रतिरोधी घर निर्माणको लागि सुरु गर्ने भएको छ । धर्मशाल निर्माणको लागि असारको दोस्रो साता तिर शिलान्या गरिने पनि समितिले जनाएको छ ।
कार्यक्रममा प्रहरी महानिरिक्षक खनालले रिडीलाई केन्द्र बिन्दु बनाएर सानो भएपनी शसस्त्र प्रहरीको बिट राख्ने बताए । खनालको रुरु स्थित रिडीमा पुख्र्याली घर रहेको थियो । धेरै वर्ष देखि खनाल परिवारले बस्न छोडेकाले घर बन्द अबस्थामा रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend