logo
  • शुक्रबार, असोज ९ २०८३

राजधानी हुने मिष्टर एण्ड मिस एसईईका प्रतिस्पर्धीहरुद्वारा प्रतिभा प्रदर्शन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, जेठ २९ ।
आगामी शनिवार राजधानी हुने मिष्टर एण्ड मिस एसईई अफ द इयर २०१९ का प्रतिस्पर्धीहरुले आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन्। एसईई दिएर उच्च शिक्षा अध्ययनका लागि प्रतीक्षामा रहेका विद्यार्थीहरुको व्यक्तित्व र आत्मविश्वासका लागि रिवन इन्टरटेनमेन्ट प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको मिष्टर एण्ड मिस एसईई अफ द इयर २०१९ का प्रतियोगिहरुले ट्यालेन्ट राउण्डमा आ-आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन् ।

ट्यालेन्ट शोअन्र्तगत प्रतियोगिहरुले अभिनय, नृत्य, गायन, चित्रकला, वक्तृत्वकला, कविता वाचनलगायतका प्रतिभा प्रदर्शन गरेर निर्णायक तथा अभिभावकको मन जित्ने प्रयास गरेका थिए । ट्यालेन्ट शोमा फिल्म निर्देशक राजु अधिकारी, कोरियोग्राफर लिगेश लिलाधर भट्टराई र अभिनेत्री कस्मता निरौला निर्णायक रहेका थिए।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने पाँचै संस्करणको यो प्रतियोगिताको अन्तिम स्पर्धामा विभिन्न विद्यालयबाट एसईइ दिएर बसेका विद्यार्थीहरु प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताका लागि छात्रतर्फ रोहन खत्री, सागर मर्हजन, रिजन श्रेष्ठ, अनन्त कंडेल, अंकिस श्रेष्ठ, सुवास सापकोटा र समिर खत्री अन्तिम स्पर्धामा उत्रँदै छन् भने छात्रातर्पm प्रिज्मा सापकोटा, स्वर्णा साह, गिताञ्जली श्रेष्ठ, स्वस्तिका सुवेदी, सुहाना न्यौपाने, प्रिया केसी, स्नेहा घिमिरे, प्रिसा गिरी, रिन्छेन तामाङ, काजोल श्रेष्ठ, दिनिसा खत्री, अन्जु श्रेष्ठ, सलिना कट्टेल, लिजा श्रेष्ठ, सन्ध्या मर्हजन, अलिसा श्रेष्ठ, सजना डंगोल, सन्ध्या अधिकारी, सुरेशा श्रेष्ठ, रचना कार्की, प्रस्तुति तिमल्सीना, श्रीयुक्ता भट्टराई, सिम्रन भारती, प्रेरणा मेहता र ऋषिका तामाङ अन्तिम स्पर्धामा भिड्दैछन्।

एसईइ दिएर बसेका किशोर किशोरीको व्यक्तित्व र आत्मविश्वास बृद्वीका लागि हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाले बताए। उनका अनुसार ट्यालेन्ट राउण्डबाट मिष्टर ट्यालेन्ट र मिस ट्यालेन्टलगायतका विभिन्न उपउपाधिका विजेता चयन गरिनेछ। विजयीहरुको घोषणा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने अन्तिम प्रतिस्पर्धाकै दिन गरिनेछ।

प्रतियोगिहरुकालाई अन्तिम स्पर्धामा उतार्नुअघि विभिन्न विषयको तालिम र प्रशिक्षण दिईरहिएको छ। प्रतियोगिता रेनु सेन्चुरीको संयोजन र अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा हुनेछ। प्रतियोगितका सहभागीहरुलाई विभिन्न विधामा उपाधि र उपउपाधि प्रदान गरिने पेजेन्ट निर्देशक निशुकान्त झाले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend