logo
  • सोमबार, असोज १२ २०८३

भृकुटी माविमा विद्यार्थीलाई प्रजनन स्वास्थ्य तालिम


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

केशबराज क्षेत्री, बागलुङ जेठ २९ ।
बागलुङको बरेङ गाउँपालिका कार्यालयको आयोजनामा बिद्यार्थीहरुका लागि तयारी खानेकुरा तथा लागुपदार्थ सेवन न्यूनीकरण र किशोरीहरुको लागि किशोरी प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धि तालिम मंगलबार बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरमा अवस्थित भृकुटी माध्यमिक विद्यालय काफलबोटबाट पुनः सुरुवात भएको छ ।

समाजमा नारीहरु महिनावारी हुँदा समाजले हेर्ने दृष्टिकोण फरक छ विकट ठाउँमा झ्न छाउघर बनाएर छुट्टै राख्ने प्रचलन छ त्यस्तो गर्दा रोग लाग्ने सम्भावना बढी हुन्छ अझ छोइन हुँदैन भित्र जान हुँदैन भन्ने जुन भ्रम छ त्यसलाई चिर्नको लागि र महिनावारी हुने भनेको नारी परिपक्व भएपछी नियमित हुने प्रक्रिया हो त्यसैले महिनावारीको बारेमा शिक्षित नारीपुरुष खुलेर समाजलाइ बुझाउन सक्नुपर्दछ ।

महिनावारी हुँदा सेनेटरी प्याड्को प्रयोग, दैनिक सरसफाइ गर्नुपर्दछ भन्ने कुराहरुको समाधान गर्ने उद्देश्यका साथ किशोरीहरु मार्फत जनचेतना फैलाउनको लागि तालिम गरिएको सुआहारा कार्यक्रमको फिल्ड सुपरभाइजर हरिमाया थापाले बताइन् ।

त्यस्तै समाजका युवा पुस्तामा त झन धूम्रपान र मद्यपान सेवनले गर्दा झैझगडा, दुर्व्यवहार, बलात्कार जस्ता घटना घटिरहेका छन् । लागुपदार्थ सेवनका कारण उमेर नपुग्दै मृत्यु हुने सम्भावना प्रबल रहेको र यसको बारेमा बेलैमा युवा पुस्ताले बुझ्नु जरुरी रहेको इलाका प्रहरी कार्यालय बरेङ डाडाका प्रहरी नायब निरीक्षक दान बहादुर केसिले बताए ।

तालिममा बरेङ गाउँपालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु जङगफुडजन्य खानेकुरा खान अत्यन्तै रुचि राख्ने, कसरी छिटो भोजन गर्ने भन्ने चलन छ ति खानेकुराले बालक देखि वृद्ध सम्मका व्यक्तिहरुको स्वास्थ्यमा नराम्रो असर परिरहेको थाहा पाएका छैनन् ।

त्यसैले प्रोटिन र पौष्टिक आहारको कमी भइरहेको छ यसको बारेमा चेतना जगाउनु जरुरी रहेको र तालिमले पनि उनिहरुको व्यवहार परिवर्तन गर्न सहयोग पुर्याउने बताए । त्यस्तै विद्यार्थीहरुलाई चेतनामूलक तालिम बाट लजाउने, डराउने अवगुण हटाइ समाज रुपान्तरणका लागि उनिहरुलाई नै अग्रसर बनाउन तालिमको महत्वपूर्ण भूमिका हुने स्वास्थ्य प्रमुख पुनले बताए ।

कक्षा ८ देखि १२ सम्म का गरी जम्मा १३१ जना विद्यार्थीहरुको सहभागिता रहेको तालिममा सोही विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाहरुको पनि उपस्थिति रहेको थियो । तालिम यस अघि बरेङ गाउँपालिकाको सल्यान, सुखौरा र बाटाकाचौरमा सम्पन्न भैसकेको छ भने बुधबार हुग्दिशिरकै सर्बोदय मावि बरेङमा हुने आयोजकले जानकारी दिएको छ ।

तालिमको सहजीकरण बरेङ गाउँपालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुन, सुआहारा कार्यक्रमको फिल्ड सुपरभाइजर हरिमाया थापा, इलाका प्रहरी कार्यालय बरेङका प्रहरी नायब निरीक्षक दान बहादुर केसि ले गरेका थिए भने सुरुवात भृकुटी मा वि हुग्दिशिर काफलबोटका प्रध्यानाध्यापक रुपनारायण शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend