logo
  • सोमबार, असोज १२ २०८३

रोट्रयाक्ट क्लबद्वारा गुल्मीको शान्तिपुरमा शैक्षिक सामग्री वितरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

गुल्मी, जेठ २८ ।
रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देही (Rotaract Club of Tilottama Rupandehi)ले गत जेष्ठ २४ गते गुल्मीको शान्तिपुर स्थित श्री उदय उच्च माध्यमिक बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई नि:शुल्क शैक्षिक सामग्री वितरण तथा छात्रवृत्ति कोषको स्थापना गरेको छ ।

विद्यालयका प्र.अ. बिष्णु सिंह खत्रीले अध्यक्षता गर्नु भएको कार्यक्रमको संचालन शिक्षक श्री लक्ष्मण सुबेदीले गर्नु भएको थियो। क्लबको तर्फबाट क्लबका आइटी अफिसर रोट्रयाक्टर माधब ढुंगाना र सबिन बरालले प्रतिनिधित्व गर्नु भएको थियो। कार्यक्रम मा विद्यालयका सम्पूर्ण शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सहभागिता रहेको थियो।

क्लबको यस वर्षको पेन्सिल प्रोजेक्ट अन्तर्गत छनोट भएका गुल्मी जिल्लाका दुर्इ स्थान मध्ये रुरु गाउँपालिका स्थित विभिन्न छ वटा विद्यालयका एक सय बिद्यार्थी र शान्तिपुर स्थितको उदय उच्च माध्यमिक विध्यालाका सात जना आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो।

जन्म दिनको अवसरमा गरिने खर्च को केहि भाग जम्मा गरि आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोग गर्ने उदेश्यले क्लब ले बिगत २ बर्ष देखि बर्थडे फन्डको स्थापना गरी संचलान गरिरहेको छ।

यस कार्यक्रम अन्तर्गत आर्थिक अवस्था कम्जोर भयका तथा जेहेन्दार २ जना विद्यार्थी हरु लाइ पनि एक वर्ष को लागि चाहिने सम्पूर्ण शैक्षिक सामग्री वितरण गर्नुकासाथै आर्थिक अवस्था कम्जोर भयका तथा जेहेन्दार विद्यार्थी को छात्रवृत्ति सहयोगार्थ रु. बीस हजार बरावरको आर्थिक सहयोग गरियो। बर्थडे फन्डको अगुवा तथा संयोजक रोट्रयाक्टर माधब ढुंगाना हुनुहुन्छ।

सोही कार्यक्रमका विच उक्त विध्यालयमा लामो समय अध्यापन पस्चात भर्खरै मात्र आवकाश प्राप्त शिक्षक श्री शुकदेव ढुंगानाले रु. एक लाख रकमको ‘चेतनारायण प्रज्ञा पुरस्कार छात्रवृत्ति अक्षय कोष’ स्थापान गर्नु भयो।

उक्त कोषको एक वर्षमा आउने ब्याज रकमवाट विध्यलयमा अध्यनरत कक्षा १०, ११, र १२ मा कृषि विज्ञानमा उत्कृस्ट हुने विद्यार्थीलाइ पुरस्कार प्रदान गरिने कुरा पुरस्कारका संस्थापक ढुंगानाले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend