logo
  • सोमबार, असोज १२ २०८३

ग्लोबल आईएमई बैंकले पराल्मीमा शाखा रहीत बैंकिङ्गसेवा बिस्तार


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी जेठ २८ ।
ग्लोबल आईएमई बैंकले ग्रामीण बस्तीहरुमा बैंकिङ्ग सेवा दिने उदेश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाको पराल्मीमा शाखा रहीत बैंकिङ्गसेवा बिस्तार गरेको छ । बैंकले रेसुङ्गा नगरपालिका भित्रको वडा नम्बर १४ को पराल्मीमा सदरमुकामबाट टाढा पर्ने ग्रामीण बस्ती शाखा रहीत सेवा बिस्तार गरेको हो ।
शाखा रहीत शाखा रहीत बैंकिङ्गसेवाको एक कार्यक्रमको आयोजना गरेर सेवा बिस्तार गरिएको ग्लोबल आईएमई बैक तम्घास शाखा प्रमुख योगेन्द्र रायमाझीले बताए । यस शाखा सहित बैंकका शाखा रहित बैंकिङ्ग सेवा संख्या १ सय ४६ पुगेको छ । शाखा रहित बैंकिङ्ग सेवा बिस्तार भएपछि पराल्मी,रातामाटा,भेगका स्थानियलाई सरल र शुलभ तरीकाले सेवा प्रदान गर्ने तम्घास शाखा प्रमुख रायमाझीले बताए । ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसँग बैकिङ्ग सेवा पुर्याउने उदेश्यले बिभिन्न स्थानमा शाखा एक्सटेन्सन काउन्टर तथा शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफना ग्राहकहरु माझ सेवा दिँदै आएको छ ।
हाल नेपाल भर बैंका १ सय ३७ वटा शाखा १५ वटा राजश्व काउन्टर रहेका छन् । १ सय ४२ एटिएम, १० वटा एक्सटेन्सन काउन्टर रहेका छन् । बैंकिङ्ग नेपाल बाहिर ३ प्रतिनिधि कार्यालय मार्फत आफना १० लाख भन्दा वढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकले अत्याधुनिक प्रबिधियुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इनटरनेट बैंकिङ्ग सेवाको साथमा रु १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा प्रदान गर्दै आइरहेको छ । शाखा रहित बैंकिङ्ग सेवा बिस्तार कार्यक्रमममा तम्घास शाखा प्रमुख योगेन्द्र रायमाझी, रेसुङ्गा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष शेरबहादुर पहराई, ग्लोबल आईएमई शाखा गौडाको शाखा प्रमुख लोकबहादुर थापा, उक्तम पुन लगायत स्थायिनको सहभागित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend