साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं जेठ २८ ।
नेपाली साँगीतिक क्षेत्रमा चर्चित एवं लोकप्रिय गायिका सिन्धु मल्ल र नेपाल आईडलका गायक अमित वरालको आवाजमा नयाँ गीत ” पिरतीको जाल” बजारमा सार्वजनिक भएको छ ।
अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले यो गीतको म्युजिक भिडियोमा जोडीको रुपमा अभिनय गरेका छन् । गायिका मल्ललाई यसपटक गायक अमित बरालले साथ दिएका छन् । अमित सिङ्गिङ् रियालिटी शो नेपाल आईडल मार्फत सांगीतक क्षेत्रमा आएका गायक हुन् ।
सार्वजनिक गीतमा उनका श्रीमान तथा सुदाम थापाको शब्द संगीत रहेको छ । गीतमा संगीत संयोजन भने केशव प्रकाशको रहेको छ भने शिब बिकेले कोरियोग्राफी गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend