साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
रोल्पालिहरुको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथ रोल्पा जलजला सेवा समाज कतारको ९औं अधिबेशन तथा सम्मान कार्यक्रम कतारको सनैया स्थित रोटना रेस्टुरेन्टको सभाहलमा शुक्रवार सम्पन्न भएको छ ।

समाजका अध्यक्ष शिव बहादुर बुढाथोकी को सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका का.बा. अध्यक्ष तेज कटुवालको प्रमुख आतिथ्यता र सेवा समाजको सस्थापक सल्लाहकार सुर्य बहादुर बिश्वकर्माको बिशिस्ट आतिथ्यता रहेको थियो । अतिथिहरुबाट सामुहिक रुपमा ब्यानर अनावरण, दिप प्रज्वलन, राष्ट्रिय गान र सहिदहरुको सम्झनामा १ मिनेट मौनधारण गरेर कार्यक्रमको उदघाटन गरिएको हो ।

समाजका प्रथम उपाध्यक्ष गोपाल के.सि को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा नेपालि महिला समाज कतार का.बा अध्यक्ष अमिना खान, प्रदेश नम्बर ५ समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पाण्डे, नेपाली जनप्रगतिशिल मोर्चाका सल्लाहकार रमेश गिरि, नेपाली जनसम्पर्क समिती कतारका सह-महामन्त्री केदार भुशाल, नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगर, अन्तरास्ट्रिय नेपाली समाजका अध्यक्ष राजा राम साही, अन्तरास्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष केशब खडका, प्युठान सेवा समाज कतारका अध्यक्ष बलदेब राना मगर, काभ्रे पलान्चोक सेवा समाज कतारका रमेश सापकोटा, राँक प्रबासी सेवा समाज कतारका उपाध्यक्ष राकेश पुन, समाजका सल्लाहकार वसन्त थापा, चेतमान रोकामगर, छवि गुरुङ, एकराज सुवेदी, लगायतले नयाँ कार्यसमितिलाई अग्रिम बधाइ तथा शुभकामना मन्तव्य राख्नु भयको थियो ।

कार्यक्रममा कलाकार सुमित्रा शाही, मान सिंह परियार, अज्ञात क्षेत्री(देब), रमा तिमल्सिना, सन्तोश बिस्वकर्मा आदिले गित गाएर दर्शकलाइ मनोरञ्जन दिलाएका थिए। कलाकार तथा साहित्यकार रमा तिमल्सिनाको आमाप्रती समर्पित कबिताले सबैलाइ एकछिन भावुक बनाएको थियो।

अधिबेशनले गोपाल के सि को अध्यक्षतामा ३१ सदस्यीय नया कार्यसमिति गठन गरेको छ । जस्मा बलराम जैसी प्रथम उपाध्यक्ष, जिबन खड्का दोस्रो उपाध्यक्ष, देबराज पुन महासचिव, हुकुम पुन सचिब, सिबलाल केसि कोषाध्यक्ष, दल बहादुर डागि सह कोषाध्यक्ष सदस्यहरुमा जया मगर, नन्दलाल केसि, टोप बहादुर खड्का, शेर बहादुर वलि, कुमार रोका मगर, अर्जुन थापा, याम बहादुर गिरि, टोप बहादुर बिष्ट, राकेश पुन, बिकाश घर्ती, चन्द्र गिरि, इश्वर जिसि, हिमाल खड्का,शालिक राम पोखरेल, कर्मनाथ बुढामगर, पुर्ण घर्ती, दिपक जिसि, चेतमान केसि, देब सिङ घर्ती, यम प्रकाश पुन, सिबलाल जिसि, भिम जिसि, रेग बहादुर पुन मगर र हुकुम बिक रहेका छन।
त्यसै गरि शिव बहादुर बुढाथोकी संयोजकत्वमा सल्लाहकार समिती गठन गरेको छ। वसन्त बहादुर थापा, सुर्य बहादुर बि. क. चेतमान रोका मगर, छवि गुरुङ , एकराज सुवेदी,नबराज पुन,भुबन राना रहेका छन।
कार्यक्रमको अन्त तिर प्रमुख अतिथि NRNA NCC कतारका का.बा.अध्यक्ष तेज कटुवालले रोल्पा जलजला सेवा समाजको अधिबेशन भब्य भएको बताउदै नयाँ कार्यसमितिलाई अग्रिम शुभकामना दिदै कतारमा रहेका नेपालीहरुका लागि सन्देश मुलक जानकारी समेत गराउनु भएको थियो।
अन्त्यमा कार्यक्रमका सभापती शिव बहादुर बुढाथोकीले कार्यक्रमको सोभा बढाइ आजको कार्यक्रमलाइ सफल पारिदिनु भयकोमा उपस्थित सबैलाइ धन्यवाद दिदै समापन गरेको कार्यक्रमको संचालन समाजका महासचिव देबराज पुनले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend