logo
  • सोमबार, असोज १२ २०८३

खर्वाङमा पोषण प्रवद्र्धन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल,बाग्लुङ् जेठ २७ ।

स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा गर्भवति महिला तथा बालबालिकाहरुको पोषण प्रवद्र्धन सम्बन्धि सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ ।बडिगाड गाउँपालिका वडा नं. २ भित्रका गर्भवति तथा हजार दिन भित्रका आमाहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सहजकर्ता चुरामणि कँडेलले सहजिकरण गर्नुभएको थियो । खर्वाङ वर्थिङ सेन्टरको समन्वयमा भएको कार्यक्रममा स्थानिय स्वास्थ्यकर्मिहरुको समेत सहभागिता रहेको थियो । सो कार्यक्रममा बालवालिकाको लागी आवश्यक लिटो सहित खाना वनाउने,पोषण सुधारको लागी प्रयोग गर्न सकिने वस्तु लगाएतका विषयमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend