logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी जेठ २५ ।

गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिवार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १३ भगाँरी घुम्टीमा भएको ट्याक्टर दुर्घटनामा चलाक नवलपरासी सुनवल घर भएका २१ वर्षिय अम्मरबहादुर कुमालको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।
रिडीबाट बालुवा लिएर तम्घास तर्फ आउँदै गरेको लु ४ त २८४६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिव २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

रातिको समयमा दुर्घटना भएपनि नजिकै बस्ती नभएकाले बिहान उज्यालो भएपछि मात्रै थाहा भएको वडानम्बर १३ का वडा अध्यक्ष खुमबहादुर खत्रीले बताए । दुर्घटनाको कारण भने खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend